
- अर्थ सरोकार सम्बाददाता
प्रचण्ड नेतृत्वको सरकारमा उर्जा मन्त्रालय सम्हालेका जनार्दन शर्माले जाँदा जाँदै नीतिगत भ्रष्टाचार गरेका छन् । उनले पश्चिम कर्णालीका दुई ठूला जलविद्युत आयोजना तीला १ र तिला २ को पावर पर्चेज एग्रीमेन्ट(पीपीए) अमेरिकी डलरमा गराएर यस्तो भ्रष्टाचार गरेका हुन् । प्राधिकरणले सोमबार तिला १ र तिला २ को पीपीए डलरमा गर्ने निर्णय गरेको हो । डलरमा पीपीए गर्दा बार्षिक ५ अर्ब रुपैयाँ घाटा हुने भएपनि उनले जाँदा-जाँदै यस्तो राष्ट्रघाती निर्णय गरेका हुन् ।
‘लोडसेडिङ हटाएर हाइहाइ पाएपछि अरु कुरा खासै कसैलेपनि वास्ता गर्दैन भन्ने शैलीमा जाने बेलामा मन्त्रीबाट गलत काम भएको छ । आफ्नो पालामा लोडसेडिङ हटाएको र आफु हटेपछि जेसुकै होस् भन्ने शैलीमा उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई यो पीपीए गर्न लगाएर उनलाईपनि फसाएका छन् ।’ उर्जा मन्त्रालयका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
४४० मेघावाटको तिला १ र ४२० मेघावाटको तिला २ को पीपी गर्दा शर्माले मोटो रकम चलखेल गरेको समेत मन्त्रालयका उच्च अधिकारीहरुको आरोप छ । ‘मन्त्रीले निकै राम्रो काम गरेका थिए । तर सरकार ढलेपछि काम चलाउका हैसियतले उनले निकै ठुलो राष्ट्रघात गरे ।’ उनी अगाडी भन्छन्, ‘नेपालमा तिला १ र २ को बीचौलियाको काम प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हरिश्चन्द्र शाहले गर्दैआएका छन् । उनले मन्त्रीलाई समेत यस विषयमा ‘कन्भिन्स ‘गर्न सकेपछि उक्त पीपीए भएको हो । प्राधिकरणले २० वर्षअघि अमेरिकी डलरमा पीपीए गरेको खिम्ती र भोटेकोसीका कारणमात्र वर्षको पाँच अर्ब रुपैयाँ घाटा पर्दै आएको छ । अव देशलाई थप घाटा बनाउने काम भएको छ ।’
यता यहि पीपीएका कारण कुलमान घिसीङको नर्वे भ्रमण रोकिएको छ भने प्रवक्ता नर्वे भ्रमणमा छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्