×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्री प्रभाकरको पहिलो शासन: प्रहरी कमाण्डर थर्कमान, सिपाहीहरु खुशीले गद्‍गद्‍ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

गृहमन्त्री प्रभाकरको पहिलो शासन: प्रहरी कमाण्डर थर्कमान, सिपाहीहरु खुशीले गद्‍गद्‍ !

२५ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवनियुक्त गृहमन्त्री प्रभाकरले बुधबार पदबहाली गरेका छन् । दिउँसो गृहमन्त्रालयमा पदबहालीपछि प्रहरीलाई संगठनभित्र खेल्ने, अनुशासन तोड्ने र सरकारको नीति तथा योजना कार्यान्वयनमा अवरोध गर्नेलाई नछोड्ने चेतावनी दिएका छन् ।
‘सुरक्षा निकायभित्र राजनीतिक उदेश्यका लागि चलखेल गर्ने, सरकारको नीति, निर्देशन पालना नगर्ने, अनुशासन तोड्ने र मिडियामा भाषण गर्दै हिंड्ने प्रवृत्तिलाई छुट हुन सक्दैन ’, उनले भने, ‘अब मिडियाबाजी गर्ने वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने कुरा बन्द गरिने छ ।’
प्रभाकरले आफू सिपाहीदेखि महानिरीक्षकसँग समेत मिलेर काम गर्न तयार रहेको बताए । उनले राम्रा कामका लागि सिपाहीको समेत सुझाव लिएर काम गर्ने उल्लेख गरे । सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने तथा जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने उनले बताए । साथै उनले केही दिनमा नै आफ्नो नयाँ योजना ल्याउने बताए ।
सैन्य पृष्ठभूमिका गृहमन्त्री प्रभाकरले प्रहरीलाई चेन अफ कमान्डमा रहन भन्दै कमाण्डरको मूल्यांन जनता र सिपाहीबाट गरिने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी