×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पदभार सम्हालेकै दिन गृहमन्त्री प्रभाकरले प्रहरीलाई चेतावनी दिदै भने- ‘अब कारवाही हुन्छ ‘

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पदभार सम्हालेकै दिन गृहमन्त्री प्रभाकरले प्रहरीलाई चेतावनी दिदै भने- ‘अब कारवाही हुन्छ ‘

Artha Sarokar

२५ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नवनियुक्त गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले सुरक्षा निकायलाई कडा चेतावनी दिएका छन् । बुधबार गृहमन्त्रालयमा पद बहालीपछि बोल्दै प्रभाकरले प्रहरी संगठनमा राजनीतिक उद्देश्य बोकेर चलखेल गर्ने र अनुशासन तोड्नेमाथि कारबाहीको चेतावनी दिए ।
‘सुरक्षा निकायभित्र राजनीतिक उदेश्यका लागि चलखेल गर्ने, सरकारको नीति, निर्देशन पालना नगर्ने, अनुशासन तोड्ने र मिडियामा भाषण गर्दै हिंड्ने प्रवृत्तिलाई छुट हुन सक्दैन ’, उनले भने, ‘अब मिडियाबाजी गर्ने वक्तव्य दिने, अनावश्यक अन्तर्वार्ता दिने कुरा बन्द गरिने छ ।’
शर्माले आफू सिपाहीदेखि महानिरीक्षकसँग समेत मिलेर काम गर्न तयार रहेको बताए । उनले राम्रा कामका लागि सिपाहीको समेत सुझाव लिएर काम गर्ने उल्लेख गरे । सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ सुदृढ गरिने तथा जनता र सिपाहीबाट हुने मूल्यांकनलाई सही मानिने उनले बताए । साथै उनले केही दिनमा नै आफ्नो नयाँ योजना ल्याउने बताए ।
पूर्ववर्ती प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री रहेका प्रभाकरले लोडसेडिङ अन्त्य गरेर लोकप्रियता कमाएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी