×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विखण्डनकारीहरूले टाउको उठाएको प्रमाण सैनिक जङ्गी अड्डामा !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विखण्डनकारीहरूले टाउको उठाएको प्रमाण सैनिक जङ्गी अड्डामा !

Artha Sarokar

६ असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । तराईमा विखण्डनकारी शक्तिको नेतृत्व गरेको सीके राउत र मधेस आन्दोलन जारी राखेको राष्ट्रिय जनता पार्टीका नेताबीचको वार्तालाप र सहकार्यप्रति नेपाली सेना सजग भएको छ ।
राजपाले चलाइरहेको आन्दोलनमा सीके राउतका कार्यकर्ताको सहभागीता र विखण्डनको आवाज बलियो भएको रिपोर्ट पाएपछि सेनाले त्यस्तो शक्तिलाई टाउको उठाउन दिन नहुने प्रस्ताव सरकारलाई गरेको छ । 
सेनाको गुप्तचर टोलीले तराईमा महन्थ ठाकुर र सीके राउत मिलि विखण्डनको आवाजलाई बलियो बनाउन लागेको रिपोर्ट पिएसओ वैठकमा बुझाएपछि प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उक्त विषय सरकारलाई जानकारी गराएका छन् । उनले राजनीतिका नाममा हुने विखण्डनको आवाज उठ्न नदिने चेतावनीसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ । ‘नेपाली सेना लोकतन्त्रलाई स्वीकार गर्छ तर लोकतन्त्रको नाममा विभाजनको राजनीति स्वीकार हुँदैन’, क्षत्रीले प्रधानमन्त्रीलाई पठाएको सन्देशबारे उच्च स्रोतले भन्यो,‘त्यस्तो अप्रिय घटना हुनसक्ने सम्भावना टार्नका लागि नेपाली सेना सक्रिय हुनसक्छ । राजनीतिक रूपमा समस्याको समाधान खोजियोस् ।’
राजपाले चुनावको विरोध गरी आन्दोलनमा जाने घोषणा गर्नासाथ सीके राउतले बधाई दिँदै आन्दोलन गर्ने तरिकासहितको पत्र हिन्दिमा लेखेर पठाएका थिए । तराई वा मधेस भन्ने वेग्लै देशको आन्दोलन अघि बढाउनुपर्ने आशयसहितको पत्रको एक प्रति नेपाली सेनाले सुरक्षित राखेको छ । सेनाले सीमा क्षेत्र र मधेस क्षेत्रमा हुन लागेको त्यस्तो गतिविधिलाई तत्काल रोक्नका लागि सुरक्षा संयन्त्र प्रभावकारी बनाउन सुझाव दिएको छ । उसले नेपाल प्रहरीसहितको सुरक्षा निकाय यस काममा असक्षम भए सेनाले सक्रियता देखाउने प्रधानमन्त्रीलाई जनाएको छ । ‘देशलाई खण्डिकरण गर्ने राजनीति, विखण्डन गर्ने आवाजले राष्ट्रिय एकतामा खलल पुग्छ त्यसको परिणाम नराम्रो हुने संकेत पाइएको छ तत्काल यसप्रति ध्यान पुगोस् अन्यथा सेनाले देश बचाउनका लागि सक्रिय हुनुपर्ने अवस्था आउँछ’, सैनिक अधिकारीले सरकारलाई दिएको सुझावमा भनिएको छ,‘लोकतन्त्र जीवित राख्नका लागि पनि विखण्डनकारी शक्तिले टाउको उठाउने अवसर राज्यले दिन हुँदैन, राज्य असक्षम भए सेनाले यसमा सक्षमता देखाउनेछ ।’
तराई क्षेत्रलाई हेर्ने सेनाका गुल्म, गण, बाहिनी र पृतनाहरूले तयार पारेको राजनीतिक अवस्थाको रिपोर्ट जङ्गी अड्डामा पुगेको छ । सीमा क्षेत्रमा सीके राउत, भारतीय अपराधी, मधेसी दलका नेताहरू र अतिवादी शक्तिबीचमा संवाद र वार्ता हुन थालेको रिपोर्ट सैनिक मुख्यालमा पुगिसकेको छ । सेनाले कुनैपनि अवस्थामा चुनाव गराउन र मधेसको चुनावको सुरक्षाको पहिलो घेरा आवश्यकताका आधारमा नेपाली सेनालाई दिनका लागि पनि सुझाव दिएको छ । ‘कतिपय परिस्थितिमा आतङ्क मच्चाउने, विध्वंश गर्ने र राष्ट्रलाई खलल पार्ने अतिवादीहरूको सक्रियताका बारेमा हामीले सूचना पाएका छौं, यसमा आर्मी चिफ गम्भिर भइसक्नुभएको छ’, एक सैनिक अधिकारीले भने,‘विश्वभरी चलिरहेको आतंकवाद वा विखण्डनकारी सक्रियताको ठूलो वा सानो प्रभाव नेपालमा पनि परिरहेको छ ।’
सेनाले घुमाउरो पारामा अपराध र आतङ्कसँग जोडिएका व्यक्तिलाई सजायको साटो क्षतिपूर्ति र पुरस्कार दिने प्रवित्तिले विखण्डनकारीहरूको मनोवल बढेको दाबी गरेको छ । ‘आतंकवादीहरूको छत्रछायाँसम्म परेका केही मानिसको मनोबल बढ्न थालेको छ, राजनीतिक रूपमा बढाइएको यस्तो मनोवल गिराउन र सद्भाव बलियो बनाउन सेना तयार छ ।’, सैनिक स्रोतले भन्यो । टिकापुरमा सद्भाव भड्काउँदै सुरक्षाकर्मीको हत्या भएपछि सेनाले सुरक्षालाई केही समयका लागि हातमा लिएर कफ्र्यु लगाएको थियो । सेनाले टिकापुरजस्तै घटना दोहो¥याउनका लागि मधेसमा केही स–साना झुन्ड सक्रिय रहेको जानकारीसहित त्यस्तो अवस्था आउन नदिनका लागि समयमै ध्यान दिन चेतावनीसहितको सुझाव दिएको छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी