
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले रामेछापका एक जमिन्दारको ४० रोपनी जग्गा कब्जा गरेको छ ।
रामेछाप जिल्ला दिमि पोखरी ५ (हाल सुनापती गाउँ पालिका २) बस्ने मोहन घिसिङको खाँडादेवी गाविस २ र हाल खाँडादेवी गाउँ पालिका बतासे डाँडामा रहेको घर तथा ४० रोपनी नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नो नियन्त्रणमा लिएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गरेर आफ्नो बनाएको, जग्गा दलाल बनेर सर्वसाधारणलाई दुख दिएको, बैदेशिक रोजगारमा पठाईदिने भन्दै स्थानीयहरुसँग लाखौं रकम असुलेको लगाएतका आरोप लगाउदै कम्युनिष्ट पार्टीले घिसिङको जग्गा कब्जा गरेको हो ।
जग्गा कब्जा गरेपछि ४० जना जति रहेको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र जनता गाल्पा बजारमा कोणसभा गरिएको थियो। कोणसभालाई जिल्ला सेक्रेटरी अभिलाषाले सम्बोध गरेका थिए।
जग्गा कब्जा गर्नुको कारणसहित कब्जा गरिएको जग्गा नेपाल कम्युनिस्ट पार्टी रामेछापको अनुमति बिना बिक्रीवितरण गर्न रोक लगाइएको छ। मनोमानी ढंगले बिक्रीवितरण गरेमा भविस्यमा हुने घटनाको जिम्मेवार स्वयं व्यक्ति हुने कुरा विज्ञप्तिमा जनाएको छ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्