
कालीकोट- जिल्लाको रास्कोट नगरपालिकाका एक वालिकाको आंखामा क्यान्सर हुंदा वर्वर पिडामा बांच्न बाध्य भएकी छन ।
रास्कोट नगरपालिका ७ निवासि रने लुवारको चार वर्षिया छोरी मनसरा लुवारको गएको फागुनमा पानिको नहरमा लडेर सामान्य चोट लागेको अवस्थामा समयमा उपचार नहुंदा आखांको नानि समेत फुटेर क्यान्सरमा परिणत भएपछि पिडामा बाच्न र मर्नको दोसांधमा रहेकी छन । वालिकाका वुवा रने लुवार जिल्ला सदरमुकाम मान्ममा ल्याएर उपचारका लागि सहयोगका लागि अनुरोध गरेका छन ।
उपचारका लागि सोही वडाका कालि बहादुर महताराले विभिन्न निकायमा सहयोगका लागि पहल गर्नु भएको छ । रने लुवारका अनुसार आफु बाहिर भएको अवस्थामा वालिकाको आमा रन्जना लुवारले उपचारका लागि पहल नगर्दा आंखामा भित्रि भागबाट मासु बढ्दै गएका कारण अहिले छोरीले खाना नखाएको पांच दिन भएको बताएका छन ।उनका अनुसार परिवारले औषधिको नाममा जडिुबटी गरेकोले घाउ निको नभएको बताएका छन ।
हिमचुलि कृषि सहकारी संस्थाका कार्यकारी प्रमुख भिम प्रसाद बरालले उपचारका लागि भाडा वापत चार हजार रकम सहयोग गर्नु भएको छ । त्यसै गरी सानिमा बैंकका स्टाफहरुका साथै अन्य निकायबाट सहयोग भएको बताइएको छ । अन्य निकायले सानिमा बैंकको खाता न.०४४००००००१०ः खोलिएको छ । रनेको छोरी मनसराको उपचारका लागि विभिन्न निकायलाई अनुरोध गरेका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्