
अर्थ सरोकार सम्बाददाता
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।“पार्टी नेतृत्वको असक्षमताका कारण पहिलो चरणको स्थानीय तहको निर्वाचनमा हामीले लज्जास्पद हार व्यहोर्नुप-यो”, जिल्ला अध्यक्ष गणेशबहादुर गुरुङले भने, “सङ्गठन निर्माणभन्दा पनि व्यक्तिगत स्वार्थ र सत्तामा कसरी पुग्न सकिन्छ भन्ने मानसिकता केन्द्रीय नेतृत्व तहमा देखिएकाले आजैका मितिदेखि पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट राजीनामा दिएका छौँ ।” राजीनामा दिनेमा जिल्ला अध्यक्ष गणेश गुरुङसहित उपाध्यक्ष झलबहादुर गुरुङ, क्षेत्र नं २ का क्षेत्रीय अध्यक्ष श्यामप्रसाद अर्याल, जिल्ला सदस्य वीरबहादुर गुरुङ, लक्ष्मी खाँण र युवक सङ्गठनका जिल्ला अध्यक्ष रत्नबहादुर गुरुङलगायत छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्