Skip to content
LAXMI SUNRISE BANK

कपिलवस्तुको बाणगंगामा बम विस्फोट, १० जना घाइते, स्थिति तनावग्रस्त

अर्थ सरोकार

कपिलवस्तु । कपिलबस्तुको बाणगंगा नगरपालिका गजेहडामा बम विष्फोट भएको छ । विष्फोटमा १० जना घाइते भएका छन ।
मनोनयन दर्ता स्थलमा नेपाली कांग्रेस र माओवादीको संयुक्त प्यानलले उम्मेदवारी दर्ता गर्दै गरेको अवस्थामा आइतबार दिउँसो अज्ञात समूहले बम विष्फोट गराएको प्रहरीले जनाएको छ । बम बिस्पोटपछि त्यहाको स्थिति तनावग्रस्त बनेको छ ।
बम कसले विष्फोट गरेको खुल्न नसकेको र यसबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ । 
प्रहरीका अनुसार घटनास्थललाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । उक्त ठाउँमा निश्चित समयमा विष्फोट हुने बम जडान गरिएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK