Skip to content
LAXMI SUNRISE BANK

कारोबारले अन्तर्वार्ता नै बंग्याएको भन्दै नेपाल बैंकका सीईओले फेसबुकमै सार्वजनिक गरे अन्तर्वार्ताको ‘ओरोजिनल भर्जन’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कुनैपनि पत्रिकामा प्रकाशन हुने सामाग्रीमा सम्पादकले सम्पादकीय दायित्व पूरा गर्नु स्वाभाविक हो । तर भन्दै नभनेको कुरालाई छाप्नु, वा भनेको एउटा, तर अर्कै तथ्य छाप्नुलाई पत्रकारितामा गलत अभ्यासका रुपमा लिने गरिन्छ । नेपालको पत्रकाररिताको इतिहास हेर्ने हो भने यस्ता घटना नौलो पनि होइन । तर विशेषगरी साप्ताहिक पत्रिकामा लागेको यो रोग देशकै चर्चित पत्रिकामा भेटिनु भने चिन्ताको विषय हुन सक्छ ।  
यस्तै भएको छ कारोबार राष्ट्रिय दैनिकमा छापिएको एक अन्तर्वार्तामा । २०७२ साल जेठ २२ गते कारोबार राष्ट्रिय दैनिकको अन्तिम पृष्ठमा छापिएको नेपाल बैंकका सीईओ देवेन्द्र प्रताप शाहको अन्तर्वार्तामापनि तथ्य बंग्याउँन खोजिएको भन्दै सीईओ शाहले आपति जनाएका छन् । उनले कारोबारले लिएको र छापेको अन्तर्वार्तामा फरक भएको भन्दै फेसबुकमार्फतनै सक्कली अन्तर्वार्ता पोष्ट गरिदिएपछी अहिले यो प्रकरणले कारोबार त तताएको छ नै नेपाली मिडियाकर्मीको चिया गफमा पनि यहि विषयले स्थान पाउन थालेको छ ।

देवेन्द्र प्रताप साहले फेसबुकमै अन्तर्वार्ताको ‘ओरिजिनल भर्जन’ सार्वजनिक गरेपछि
कारोबारको प्रकाशित ‘बैंकको नाफा बढ्नु अर्थतन्त्रका अलागी सकारात्मैक हो’ शीर्षकको उक्त अन्तर्वार्तामा कारोबार दैनिकले आफुले भनेको कुराहरुलाई बंग्याएर प्रकाशित गरेको स्ट्याटस लेखेका छन् । उनले ओरिजिनल भर्जन भन्दै आफुले बोलेको र पत्रकारले सोधेको प्रश्नसमेत फेसबुकमा पोष्ट गरेका छन् । हेरौं उनको फेसबुक स्ट्याटस :
कारोबारमा तथ्य बंग्याएर समाचार प्रकाशित गरेको सीईओ शाहलेनै फेसबुक स्ट्याटसमार्फत सार्वजनिक गरेपछि उनको उक्त स्याटसमा कमेन्ट गर्दै थुप्रै पत्रकारहरुलेपनि कारोबारको सम्पादकीय शैलीको विरोध गरेका छन् । तथ्यनै बंग्याएर कारोबारले पीत पत्रकारितालाई बढावा दिएको भन्दै केहि पत्रकारहरुले आक्रोश पोखेका छन् भने केहिले कारोबारमा नयाँ सम्पादक आएपछि यस्तै चलन छ भन्दै व्यंग्य गरेका छन् । 

दवावपछि हटाइयो फेसबुक स्ट्याटस, कारोबारमा यस्तो चर्चा !
यता देवेन्द्र प्रताप शाहले कारोबारले तथ्य बंग्याएको आशय सहित लेखेको स्ट्याटस भने देवेन्द्र प्रताप शाहले हटाएका छन् । कारोबार राष्ट्रिय दैनिकमै काम गर्ने एक पत्रकारले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार पत्रिकाका सम्पादक कुवेर चालिसेले चर्को दवाव दिएपछि शाहले आफ्नो स्ट्याटस हटाएका छन् । उनका अनुसार नयाँ सम्पादक आएपछि कारोबारलाई आफु अनुकुल प्रयोग गर्न खोजिएको भन्दै कर्मचारीहरु भित्र भित्रै आन्दोलनको तयारी गरिरहेका छन् ।
‘चुनावका बेलामापनि थुप्रै ‘इस्यु’लाई लिएर कारोबारमा विवाद भयो । सम्पादकले आफु निकटको राजनीतिक पार्टीलाई प्रयोग गरेर पत्रिकालाई कुनै एक पार्टीको मुखपत्र बनाउन खोजेको समेत आरोप लगाएका छन् । कहिले कर्मचारीको विवाद, कहिले सम्पादकको विवाद ! के भन्ने ? कारोबार त विवादकै पर्याय भएको छ ।’ कारोबारका ती कर्मचारीले अर्थ सरोकार डटकमसँग भने । 
यसबारे हामीले शुक्रबार दिउँसो २ बजे, ३:३० बजे र ४:४५ बजे सम्पर्क गर्न खोज्दा कारोबारका सम्पादकसँग सम्पर्क नै भएन ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK