
काठमाडौं -१० कक्षामा पढ्ने १५ बर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ परेका पत्रकार केदार कोइरालाले बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो । बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परिसकेका छन् ।
बयानका क्रममा पत्रकार कोइरालाले सुरुमा जर्बजस्ती गरेको र पछि त्रासमा राखेर लगातार गर्ने गरेको बयान बालिकाले प्रहरीलाई दिएकी थिइन् । उनले बलात्कार गरेको पुष्टी भएपछि अव उनी जेल जाने निश्चित भएको छ।‘कोइरालाले बलात्कार गरेको सबै अनुसन्धानबाट पुष्टि भएको छ’ एक प्रहरीका अधिकारीले भने, ‘अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ । अदालतको आदेशसँगै उनी जेल जाने निश्चित छ ।’
बलात्कारबाट बालिका गर्भवति भएपछि त्यसको तीन महिनापछि मात्रै घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्