
ताप्लेजुङ । ताप्लेजुङ र सोलुखुम्बुमा गरी २ काँग्रेस उम्मेदवार अपहरणमा परेका छन् । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका वडा नम्बर २ खेजेनिमबाट वडा सदस्यका उम्मेदवारको अपहरण भएको छ । फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमको सदस्य पदमा उम्मेदवारी दिन केन्द्र तापेथेका हिँडेका मनकुमार पतङ्वा अपहरण गरेका हुन् ।
नेपाली कांग्रेसबाट वडा सदस्य पदको उम्मेदवारी दर्ता गर्न खेजेनिमबाट गाउँपालिकाको केन्द्र तापेथोक तर्फ जाँदै गरेका मनकुमार पतङ्वालाई विप्लव माओवादीका कार्यकर्ताले अपहरण गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले जानकारी दिए । केसीले घटनाका बारेमा जानकारी लिने र उद्धारका लागि प्रहरी खटाएको बताए ।
उता सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका वडा नंं ६ का वडा अध्यक्षका उम्मेदवार टंकबहादुर कार्की पनि अपहरणमा परेका छन् । मनोनयन दर्ताका लागि नेचा जाने क्रममा तिङलाको बासिगाउँबाट एमाले र माओवादीका कार्यकर्ताले अपहरण गरेको सँगै रहेका सांसद बलबहादुर केसीले जानकारी दिए।
‘सवा १२ बजेतिरको घटना हो, हामी मनोनयन दर्ताका लागि नेचातिर जाँदै थियौं, हामी माथि हातपात गरेर उम्मेदवारलाई लिएर गएका छन्, माओवादी र एमालेका कार्यकर्ताले यस्तो हर्कत देखाए’ सांसद केसीले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्