
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा एक महिलाले सार्बजनिक मञ्चमै चुम्बन गरेपछि उक्त बिषय चर्चाको सिखरमा छ।
गत बुधबार बिर्तामोडको चुनावी सभामा मञ्चमै पुगेर एक महिलाले ओलीलाई झ्याप्प अँगालो मारेर दुइटै गालामा च्याप्प चुम्बन गरेपछि यो बिषयले चर्चा पाएको हो ।
बुधबार दिउँसो ३ बजेतिर बिर्तामोडको एक चुनावी सभामा ओली मञ्चमा पुगेर बस्न मात्र भ्याएका थिए । त्यतिबेला एक महिला हतार-हतार मञ्चमा पुगिन र धमाधम ओलीलाई दुइवटै गालामा चुम्बन गरिन् ।
मञ्चमा बसेका नेताहरुले खुसी हुँदै ताली पिटे, सभामा सहभागी एमाले कार्यकर्ताले पनि बेजोडले ताली बजाए । तर, ओलीलाई चुम्बन गर्ने ती महिला को हुन्,, कसैलाई थाहा भएन् । चुम्बनपछि बिषय रहस्यको गर्भमै रहयो।
आखिर ओलीलाई चुम्बन गर्ने यी महिला को हुन् ? यो बिषयले अहिले सामाजिक सञ्जालमा खुबै चर्चा पाइरहेको छ । उनी न ओलीको पारिवारिक सदस्य हुन् न त कार्यकर्ता नै तर, उनले ओलीलाई यस्तो माया र श्रद्धाभाव देखाउँदै चुम्बन किन गरिन् ? कार्यक्रममा सहभागी सबै चकित परेका थिए ।
भिडियो सामाजिक सञ्जालमा भाइरल बन्दै गएपछि मान्छेहरुको चियागफमा चर्चा हुन् थालेको छ । जनताको राजनीतिक नेताहरुप्रति वितृष्णा बढ्दै गइरहेको बेला ओलीलाई यसरी सार्बजनिक सभामा चुम्बन गरिएको बिषयले चर्चा पाइरहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्