Skip to content
LAXMI SUNRISE BANK

नयाँ शक्तिमा अर्को पहिरो, नगरपालिका मेयर उम्मेद्वारसहितको पूरै टीम माओवादीमा प्रवेश

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर – नयाँ शक्ति नेपालले कृष्णपुर नगरपालिकामा उम्मेदवार घोषणा गरेका मेयर लगायतको पुरै टिम माओवादी केन्द्रमा प्रवेश गरेको छ । नयाँ शक्तिले उक्त नगरपालिकाको मेयरमा सुन्दर दत्त भट्ट र उम मेयरमा जमुना रानालाई उम्मेदवार घोषणा गरेको थियो ।
उम्मेदवारी दर्ता नहुँदै मेयर र उममेयरका उम्मेदवारलगायत नगरपालिकाको सिँगो टिम नै माओवादी केन्द्रमा प्रवेश गरेको ७ नं. प्रदेश प्रचार प्रसार समितिका संयोजक ओम बिक्रम भाट सरलले जानकारी दिए । “यसअघि पनि त्यहाँबाट नयाँ शक्तिका दर्जनौं साथीहरुले प्रवेश गरेका हुन ।” भाटले भने, “अहिले मेयर, उपमेयरमा घोषणा गरिएका साथीलगायत अरु सबै आएका छन् ।”
भाटका अनुसार, कृष्णपुरलगायत दक्षिणी क्षेत्रमा बेलौरी, पुनर्वासलगायतका क्षेत्रमा अन्य पार्टी परित्याग गरी ५ सय भन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अहिले केन्द्रीय नेताहरु लेखराज भट्ट, खगराज भट्टलगायत सबै चुनावी अभियानमा क्षेत्रमा खटिएका छन् । “निर्वाचनमा अहिलेकै अवस्थाले निरन्तरता पाएमा आधा जिल्ला कब्जा हुन्छ” भाटले भने, “अझै समय छ, युद्दस्तरमा लागेका छौं ।”
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK