
स्थानीय तहको दोस्रो चरणको निर्वाचन आउन एक हप्ता मात्रै बाँकी हुँदा रोल्पाको त्रिबेणी गाउँपालिकामा नेकपा एमाले र माओबादी केन्द्रबीच कुटाकुट भएको छ ।
नेकपा एमालेको प्रचार प्रसारको टोलीमाथि माओबादी केन्द्रका कार्यकर्ताहरुले आक्रमण गरेपछि झडपको स्थिती सिर्जना भएको एमालेको आरोप छ ।
घरदैलो कार्यक्रम अन्तर्गत मेस चलाएर बसेका एमालेका कार्यक्रर्तामाथि जिप र मोटरसाईकलमा आएका माओबादीका कार्यकर्ताले आक्रमण गरेको अनेरास्वबियुका नेता आकाश घर्तीले बताए ।
झडबमा परी नेकपा एमाले वडा नं. ७ की महिला उम्मेदवार मिलन बुढा, खुल्ला पुरुष सदस्य अमर बुढामगर, टिका घर्ती लगायतका र माओबादी केन्द्रका दिगम्बर कसेरा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
घाईतेहरुलाई उपचारका नेपालगन्ज रिफर गरिएको समेत बताईएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्