काठमाडौँ – सेयर बजारका ब्रोकरहरुले सिन्डिकेट गरी सेयर कारोबारनै बन्द गरेपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् । संघले यसैबीच आज दिउँसो २ बजे नेप्सेमा जम्मा हुन सबै लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।
‘हामी सबै मिलेर ब्रोकरको यो कदमको विरोध गर्नुपर्छ ।’ संघका तर्फबाट हरिश दाहालले अर्थ सरोकार डटकमसँग भने ।
आज दिउँसो दुइ बजे नेप्सेमा लगानीकर्ता संघहरु आन्दोलनका लागि जाँदैछन् । ब्रोकरहरुको कदमबारे संघको धारणा सहितको विज्ञप्ति केहि बेरमा आउंदैछ ।