×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महावीरको आविष्कार केन्द्रलाई बृज सिमेन्टले गर्‍यो सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महावीरको आविष्कार केन्द्रलाई बृज सिमेन्टले गर्‍यो सहयोग

Artha Sarokar

१ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सामाजिक अभियन्ता महावीर पूनको राष्ट्रिय आविष्कार केन्द्रका लागि बृज सिमेन्टले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । वृज सुपर प्रिमियम ओपिसि सिमेन्टको ब्राण्ड एम्बेसाडर भई यस कम्पनीलाई पुर्‍याएको योगदान स्वरुप उनलाई सहयोग गरिएको हो ।
प्राकृतिक श्रोत साधनले भरिपूर्ण नेपालमा उर्जा, प्राकृतिक सम्पदा, मानवश्रोत, जलश्रोतको सही परिचालन गरी राष्ट्र निर्माणमा यसले उल्लेख योगदान दिने विश्वास गरिएको छ ।
तल्लो तहबाटै अनुसन्धान, आविष्कारका लागि आर्थिक सहयोग, प्राविधिक सहयोग, विभिन्न उपकरण, श्रोतसाधन जुटाउन, केन्द्रीय तथा क्षेत्रगत रुपमा अनुसन्धानका लागि पूर्वाधार तथा अनुसन्धान केन्द्र स्थापना गर्न र विभिन्न विश्वविद्यालयमा अध्ययनरत तिक्ष्ण ज्ञान भएका विद्यार्थी, अनुसन्धान प्रोजेक्ट, उद्यमशील मानवश्रोतको भरपूर उपयोग गरी नवीनतम खोज र अनुसन्धानलाई प्रभावकारी गर्ने पूनको अठोट र आकांक्षालाई साकार पार्न वृज सिमेन्ट हरपल सहयोग गर्न तयार रहेको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी