
मोरङ । मोरङका दुई दर्जन केन्द्रीय नेताले मोरङका विभिन्न ठाउँबाट मतदान गर्ने भएका छन् । काँग्रेका नेता डा शेखर कोइराला, काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला, महेश आचार्य, डा मीनेन्द्र रिजाल, डा डिला सङ्गौला, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदार, सांसद अमृत अर्याल, एमाले पोलिटब्युरो सदस्य एव्म पूर्वमन्त्री लालबाबु पण्डित, नेकपा ९माओवादी केन्द्र०का पूर्व सचिव एवम् पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मोरङका विभिन्न ठाउँबाट मतदान गर्नेछन् ।
यसैगरी, सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोपी अछामी, पोलिटब्युरो सदस्य हेमकार्की, कुशल लिम्बू, शिवकुमार मण्डल, माओवादी केन्द्रका सचिवालय सदस्य सावित्रीकुमार काफ्ले, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, डा शिवमाया तुमबाहाम्फे, एमाले केन्द्रीय सदस्य गुरु बराल, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार टङ्क गिरीलगायतले पनि यहाँबाट मतदान गर्नेछन् ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईका अनुसार सुजाता कोइरालाले आदर्श स्कुलको मतदान केन्द्र र डा मीनेन्द्र रिजालले पोखरीया स्कुल मतदान केन्द्रबाट मतदान गर्नेछन् । काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश आचार्यले जनता स्कुलको मतदान केन्द्रमा मत खसाल्ने छन् ।
माओवादी केन्द्रका पूर्वसचिव एवम् पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जमुनगाछी मतदान केन्द्रबाट मतहाल्ने छन, माओवादी पोलिटब्युरो सदस्य शिवकुमार मण्डलले सुनवर्सी नगरपालिकाबाट मतदान गर्ने सो पार्टीले जनाएको छ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष तथा पूर्वमन्त्री उपेन्द्र यादवले विराटनगरको डिग्री क्याम्पसबाट मतदान गर्नेछन् ।
त्यस्तै, अन्य नेतामा डा डिला सङ्ग्रौलाले जनपथ मावि, अमृत अर्यालले महेन्द्र मोरङ मतदान केन्द्र, एमालेका केन्द्रीय सदस्य तथा कोसी अञ्चलल इन्चार्ज जीवन घिमिरे तीनटोलीया मतदान केन्द्र, गुरु बरालले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट भोट हाल्ने छन । डा शिवमाया तुम्बाहाम्फेले उर्लाबारी नगरपालिकाबाट मतदान गर्नेछन् ।
यसैगरी, माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य सावित्रीकुमार काफ्लेले डाँगिहाट मतदान केन्द्र, केन्द्रीय सल्लाहकार टङ्क गिरीले विराटननगर–१३ को नारायण प्रावि मतदान केन्द्र, कुशल लिम्बूले मिक्लाजुङ मतदान केन्द्र र पोलिटब्युरो सदस्य होम कार्कीले टङ्कीसिनवारीको नरग्राम माविबाट मतदान गर्ने छन् ।
त्यसैगरी, सांसद एवम् पूर्व राज्यमन्त्री दिलीप गच्छदारले रमाइलोको जनसेवा मावि मतदानकेन्द्रबाट मतदान गर्ने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी भक्तबहादुर भट्टराईले जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्