
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापती देउवाको बिरुद्ध चर्को आलोचना गरेर आफ्नो भनाई सकाएका एमाले अध्यक्ष केपी ओलीलाई देउवाकै बिरुद्ध मत हाल्ने बेलामा अनौठो खबर सुन्नु परेको छ । अर्थात प्रधानमन्त्री निर्वाचनमा संसदमा एमालेका सबै मत नखसेको खुलासा भएको छ ।
मत विभाजन गर्दा कुल ५९३ सांसद रहेको संसदमा ३ सय ८८ को बहुमतसहित कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।
तर अनौठो त यो भयो भने संसदमा एमालेका प्रत्यक्षबाट ९०, समानुपातिकबाट ८२ र मनोनितबाट ९ गरी कूल १ सय ८१ मत थिए । तर विपक्षमा १ सय ७० मत मात्रै परेपछि एमाले भित्रै चासोको बिषय बनेको एमालेका एक नेताले नाम नबताउने सर्तमा अर्थ सरोकार डटकमसँग भने ।
‘हाम्रो प्रमुख प्रतिपक्षी पार्टी एमालेले देउवाको विपक्षमा मतदान गरेपनि हाम्रै पूरै मत देउवाका विपक्षमा परेको छैन । देउवाको विपक्षमा जम्मा १ सय ७० मतमात्रै पर्यो बाँकी मत कता गयो भनेर एमालेभित्रै खोजी सुरु गर्नुपर्ने भयो ।’ उनले भने
यता एमालेका अन्य नेताहरुले भने एमालेका केही सांसद् अनुपस्थित भएका कारण देउवाको विपक्षमा कम मत खसेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्