×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अव छिट्टै नै काठमाडौँका धारामा आउनेभो मेलम्चीको पानी ! ९० प्रतिशत काम सकियो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अव छिट्टै नै काठमाडौँका धारामा आउनेभो मेलम्चीको पानी ! ९० प्रतिशत काम सकियो

Artha Sarokar

१९ जेष्ठ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – धेरै समयको प्रतीक्षापछी अन्तत काठमाडौँबासीले मेलम्चीको पानी चाख्न पाउने भएका छन् । मेलम्ची खानेपानी आयोजनाको ९० प्रतिशत काम सकिएको छ भने पानी प्रसोधन र पाइपलाइनको कार्यक्रम अन्तिम चरणमा रहेको बुझिएको छ ।
मेलम्ची खानेपानी कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेशप्रसाद खत्रीलेका अनुसार ९० प्रतिशत काम सकिएको छ । आयोजनाको २७ किलोमिटर सुरुङमध्ये २३.८किलोमिटर खनेर सकिएको छ । अब सुरुङ खन्न ३.२ किलोमिटर मात्रै बाँकी छ ।
‘छिट्टै नै काठमाडौँबासीले मेलम्चीको पानी पिउन पाउँछन् । सुरुङ खन्ने काम अहिले चट्टानमा आएर अलि गाह्रो भएको छ । स्थानीय तहको निर्वाचनले पनि काम केहि ढिलो भयो । तर अव छिट्टै काम सकिनेछ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी