
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण गर्ने तय भएको छैन । तर उनका निकटतम स्रोतले दिएको जानकारी अनुसार उनि नेपाल आउन निक्कै आतुर देखिन्छन ।
उनले रुचाएका व्यक्ति अर्थात् काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि मोदीको नेपाल आउने इच्छा तिब्र हुन् पनि स्वाभाविक नै हो । यसै बिषयमा सम्भावित भ्रमणबारे भारतीय विदेश मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको छ ।
सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउँदा मोदीले जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमण गर्ने तयारी थियो, तर सुरक्षाको कारण देखाउँदै अन्तिममा रद्द भएको थियो । तर त्यतिबेला त्यो भ्रमण रद्द गर्नुको पछाडि अरु नै केही कारण रहेको सरोकारवालाहरु बताउछन् । अर्थात् थाती त्यहि घुमघामलाई पुरा गर्ने बहानामा उनि फेरी -फेरी नेपाल भ्रमणमा आउन चाहन्थे भन्ने चर्चा पनि राजनीतिक विश्लेषकहरु गर्छन् ।
नभन्दै मोदीको नेपाल भ्रमणबारे उनिनिकट भाजपाका विदेश विभाग सदस्य अजित कुमारले त्यहि बिषयलाई जोडेका छन् । ‘पहिला जान बाँकी ठाउँमा भ्रमण गर्न मोदी इच्छुक हुनुहुन्छ, यसपटक अरुण तेस्रो जलविद्युत् आयोजना शुभारम्भ गर्ने र बाँकी धार्मिक क्षेत्रको भ्रमणमा जाने सम्भावना हुन सक्छ,’ अजित कुमारले भने ।
सम्भावित भ्रमणबारे विदेश मन्त्रालयले पनि एक चरण सरोकारवालाहरूसँग गत साता परामर्श गरेको थियो । नेपालका सम्पत्तिमाथि गहिरो नजर गाडेका मोदीले यो भ्रमणमा भने अरुण तेस्रोलाई टार्गेट गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्