Skip to content
LAXMI SUNRISE BANK

मोहन बैद्यले देउवा सरकारबारे दिए यस्तो सनसनीपूर्ण अभिव्यक्ति (हेर्नुहोस् विज्ञप्तिसहित)

अर्थ सरोकार

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य ‘किरण’ ले देउवा सरकारले निर्वाचनको मिति सारेको भन्दै आपत्ति जनाएका छन् । 
सरकारले दुई नम्बर प्रदेशमा स्थानीय चुनाव ३ महिना पछि सारेर तथा दोस्रो चरणमो चुवानमा उम्मेदवार मनोनयन २ दिन पर सारेकोमा बैद्य माओवादीले आपत्ति जनाएको हो ।
शुक्रबार एक बिज्ञप्ति जारी गर्दै अध्यक्ष मोहन किरणले अस्थिर चिन्तन र कार्यशैली देखाएर वर्तमान सरकारले नौटंकी मञ्चन गरेको आरोप लगाएका छन् । सरकारको निर्णयप्रति असन्तुष्ट राजपाभित्रै एकमत नदेखिएकाले सरकारको निर्णय अदूरदर्शी भनिएको छ ।
बिज्ञप्तिमा मधेसी लगायत सबै वर्गको हितका लागि वर्तमान संविधान खारेज गरी जनगणतान्त्रिक संविधानको निर्माणका लागि सबैमा अपील गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK