
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका एक व्यक्ति एमाले कार्यकर्ता रहेको खुलासा भएको छ । प्रहरीले नक्कली नोटको कारोबार गरेको आरोपमा पक्राउ गरेका सन्तोष मल्ल ‘विश्वकर्मा’ एमाले कार्यकर्ता रहेको खुलासा भएको हो ।
पक्राउ परेका उनले मार्च १३ २०१७ मा फेसबुकमा पोष्ट गरेको फोटोबाट यस्तो खुलासा भएको हो । बुटवल ११ नवदिपपथ स्थीत अर्फन हेल्पिङहेन्ड हेन्ड नामको कार्यालय तथा निजको डेरा खानतलासी लिने क्रममा नक्कली नोट तथा मेसिन सहित प्रक्राउ परेका उनले एमाले उपमहासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलले अबिर लगाएको तस्बीरहरू यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
उनले एमाले संचालन गरेको मेची महाकाली अभियानमा योगदान दिएको भन्दै उनलाई विष्णु पौडेलले सम्मान गरेका थिए । सन्तोष मल्ल सन्तोष नामको एकाउन्टबाट सेयर भएको उक्त तस्विरमा पूर्वअर्थमन्त्रीले उनलाई टिका लगाइदिएका छन् । नक्कली नेपाली नोट छाप्ने रुपन्देहीको कञ्चन गाउँपालिका ६ घर भइ बुटवल उपमहानगरपालिका ११ बुद्धनगर बस्ने २१ वर्षीय सन्तोष मल्ल पक्राउ परेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्