
काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले नयाँशक्ति डा बाबुराम भट्टराईकै कारण आफ्नो पार्टीले स्थानीय चुनावमा भनेजस्तै स्थान पाउन नसकेको बताएका छन् ।
भीमसेन गाउँपालिका ७ नम्बर वडाका जनप्रतिनिधिको स्वागतमा शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा उनले २०६४ र २०७० सालको निर्वाचनमा तीनवटै निर्वाचन क्षेत्र जितेको लालकिल्लामा पार्टी किन पराजित भयो भनी प्रश्न गरे । ‘यत्रो ठूलो नेतृत्व र जनाधार छ भने गोरखा जिल्लालाई लालकिल्लाबाट जोगाउन नसक्ने कुनै कारण छैन्, ’ उनले भने ‘गोरखा जिल्लाको परिणामले सिंगो राष्ट्रलाई प्रभावित पार्छ, गोरखामा त हार्यो भन्ने जस्ता प्रश्न उठेको छ।’
माओवादीआट अलग भएका डा. बाबुराम भट्टराईको पार्टी नयाँ शक्ति नेपालका कारण चुनाव हार्ने स्थिति बेलैमा बुझ्न नसक्नु ठूलो भूल भएको नेता श्रेष्ठले बताए । ‘नयाँ शक्तिले हामीलाई हराउने स्थिति किन आयो त्यसलाई हामीले किन बेलैमा बुझ्न सकेनौं ?’ उनले प्रश्न गरे ‘नयाँ शक्तिले (पार्टी संगठन) भत्काएको छ भन्दा दुई चार जना मात्र हो भन्यौं, चुनाव हराउन त्यही दुई चार जना पर्याप्त हुन्छ भन्ने सोचेनौं ।’ माओवादी केन्द्रमा गोरखाबाट आफूसहितका धेरै नेताहरु भए पनि पार्टीको अवस्था सुधार हुन नसकेकोमा श्रेष्ठले चिन्ता गरे ।
नेता श्रेष्ठले नयाँ शक्ति पार्टी कुनै वैकल्पिक पार्टी नभई माओवादी हराउन मात्र जन्मिएको टिप्पणी गरे । ‘नयाँ शक्ति भन्ने पार्टी नयाँ शक्ति होइन रहेछ भन्ने जनताले प्रष्ट पारेका छन्, बरु विवेकशील नेपाली र साझा पार्टी नयाँ शक्तिको रुपमा देखिए’ उनले भने ‘विकास र समृद्धि हाम्रै पालामा भन्ने नयाँ शक्ति माओवादीको भोट च्यात्न बनेको बाहेक केही होइन रहेछ भन्ने प्रष्ट भयो ।’
गोरखाका ११ मध्ये ९ वटा स्थानीय तहमा पराजय ब्यहोर्नु परेकाे भन्दै उनि बाबुराम माथि खनिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्