
काठमाडौं- एनसेलले थ्रिजी सेवाको विस्तारलाई दोब्बर गरी देशको कुल जनसंख्याको ६० प्रतिशतमा पुर्याउने भएको छ । ९०० मेगाहर्ज र १८०० मेगाहर्ज ब्याण्डमा प्रविधि तटस्थता अवलम्बन गर्दै एनसेलले १ करोड ७० लाखभन्दा बढि नेपाली नागरिकमा थ्रिजी सेवा पुर्याउने योजना सार्वजनिक गरेको हो ।
एनसेलको विस्तारित नेटवर्क कभरेजले बझाङ्गको देउरालीकोट, मुगुको श्रीनगर, मुस्ताङ्गको झोङ्ग, ललितपुरको माल्टा र सोलुखुम्बुको तिङ्गला जस्ता हजारभन्दा बढि ग्रामिण तथा दुर्गम ठाउँमा सेवाको पहुँच पुर्याउने जानकारी दिएको छ ।
यी स्थानका बासिन्दाले पहिलो पटक दु्रतगतिको मोबाइल इन्टरनेटमा पहुँच पाउने कम्पनीले जानकारी दिएको छ । यसले देशमा विद्यमान डिजिटल डिभाइडलाई घटाउन योगदान दिई स्थानियवासिन्दाको जीवन, समुदायको अर्थतन्त्र र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने एनसेलद्वारा जारी प्रेस विज्ञप्तिमा छ।
प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने यसले विषेशतः इन्टरनेट सेवाको पहुँच, नयाँ अवसरको सिर्जना र कुल गार्हस्थ उत्पादनको वृद्धिमा ठूलो भुमिका खेल्नेछ।
प्रविधि हस्तान्तरण तथा पुर्वाधार निर्माणका लागि एनसेलले ३० अर्ब रुपैयाँसम्मको लगानी गर्ने प्रतिबद्ध समेत जनाएको छ । डिजिटल नेपाल निर्माणको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि एनसेल पूर्णरुपमा समर्पित हुने जानकारी समेत कम्पनीले जारी गरेको विज्ञप्तिमा छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्