
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेको नयाँ महाप्रबन्धक को हुन्छ ? भन्ने चर्चा परिचर्चा चलिरहेका बेला नेप्सेमा पूरानै ‘स्टाइल’का राजनीति हावी हुन थालेका छन् । नयाँ महाप्रबन्धक आएपछी नेप्सेको सुधार हुने जनअपेक्षालाई समेत खास चासो नदिएर एकातर्फ नेप्सेको महाप्रबन्धक कसलाई बनाउने भन्ने खेलमा गुट-उपगुटहरु सक्रिय रुपमा लागेका छन् भने लगानीकर्ताको ‘सत्तो-सराप’ खाएर पनि नेप्सेका महाप्रबन्धक सीताराम थपलिया कहिले नेप्से छोड्ने भन्ने कुरामासमेत विवाद निकाल्न थालेको नेप्सेका कर्मचारीहरुले अर्थ सरोकार डटकमलाई जानकारी दिएका छन् । नेप्सेमा महाप्रबन्धकको विषयलाई लिएर यी ४ बुँदामा ‘ल्यांङ’ हुन थालेको छ ।
१. नेप्सेमा अहिलेका महाप्रबन्धक सीताराम थपलियाको कार्यकाल यहि असार १२ गतेसम्म मात्र हो । तर २४ गतेदेखि मात्र आफुले नेप्सेमा महाप्रबन्धकको कुर्सी सम्हालेको भन्दै उनी अहिले २४ गतेसम्म नेप्से आउने भन्ने लाइनमा रहेको कर्मचारीहरु बताउँछन् । यद्यपी उनले भने यस कुरामा कुनैपनि प्रतिक्रिया दिएका छैनन् ।
२. नेप्सेको महाप्रबन्धक हुने लाइनमा यस्ता पनि व्यक्ति छन्, जो नेप्सेमा कर्मचारी हुनबाट समेत कुनैबेला ‘रिजेक्टेड’ भएका थिए । नुवाकोटका ती व्यक्ति अहिले नेप्सेको महाप्रबन्धक हुन राजनीतिक लविङमा छन् ।
३. बाहिर बाहिर नाम सुनेका जतिलाई ‘अवको जीएम तपाईं नै हो’ भन्ने तर नेप्सेको महाप्रबन्धक हुन राष्ट्र बैंकका ठुलै एक कर्मचारीपनि लाइनमा छन् भन्ने कुराले पदका लागि हुने राजनीतिको कुरूप अनुहारपनि बजारमा देखिन थालेको छ ।
४. महाप्रबन्धक हुने कुरामा अहिले ३ जनाको नाम सुनिएको छ । जसमा दुइ सिए छन् भने एक शिक्षक । सीताराम थपलियाको इन्ट्रेष्ट ती शिक्षकमा रहेको चर्चा समेत चल्न थालेको छ । बजारको एक गुट राष्ट्र बैंकका एक कर्मचारीका पक्षमा ठुलै लविङमा छन् ।
यद्यपी आज क्याबिनेटमा नयाँ महाप्रबन्धक नियुक्तिको प्रस्ताव जाने विशेष स्रोतले जनाएको छ । ‘प्रतिष्पर्धी ३ जना छन् । मनोज ज्ञवालीको सम्भावना बढी नै बलियो छ ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्