
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सीताराम थपलियाको कार्यकाल सकिन लागेसँगै नेप्सेको महाप्रबन्धक बन्न दौडधुप गर्नेको संख्या झन्डै आधा दर्जन पुगेको छ । सुरुमा नेप्सेका हालका महाप्रबन्धकले नै दोहोरिने इक्षा देखाएको भन्ने चर्चा चलेपनि उक्त कुरा सम्भव नभएपछी उनी ‘ब्याक’ हटेका थिए । यद्यपी अहिले नेप्सेको महाप्रबन्धक हुन दौडधुपमा लाग्नेको संख्या झन्डै आधा दर्जन पुगिसकेको छ । राष्ट्र बैंकका पूर्व कर्मचारी, अहिलेका कर्मचारीदेखि बैंकर र शिक्षकसम्म नेप्सेमा महाप्रबन्धक हुन लविङ गरिरहेका छन् ।
को को छन् दौडधुपमा ?
स्रोतका अनुसार नेप्सेको महाप्रवन्धक बन्नका लागि ज्योति बिकास बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली, एनआईबिएल क्यापिटल लिमिटेडमा कार्यरत बिनोद प्याकुरेल, नुुवाकोटका बट्टार क्याम्पसका शिक्षक भोला पाण्डे, इन्भेष्टर्स फोरमका बर्तमान अध्यक्ष डा. आत्मराम घिमिरेको, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी शिवनाथ पाण्डे, स्टक ब्रोकर दिपेश भट्ट, र नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका पूर्वअध्यक्ष प्रकाश लम्साल छन् । अहिले यी मध्ये कसले बाजी मार्छ भन्ने कुरामा सबैका आ-आफ्नै अड्कल छन् ।
कसको पृष्ठभूमि कस्तो ?
दौडधुपमा रहेकाहरुमध्ये मनोज ज्ञवाली व्यवस्थापन पृष्ठभूमिका हुन् । भारतबाट सिए अध्ययन गरेका उनी राष्ट्र बैंकका पूर्व कर्मचारीसमेत हुन् । एनआइबीएल क्यापिटलमा कार्यरत विनोद प्याकुरेल लामो समयदेखि बैंकिङ क्षेत्रमै काम गरिरहेका छन् । भोला पाण्डे नेप्सेको कर्मचारीकै लागि ‘रिजेक्ट’ भएका व्यक्ति हुन् । यद्यपी उनको राजनीतिक सम्बन्ध राम्रो भएको बताईन्छ । यता इन्भेष्टर्स फोरमका डा. आत्माराम घिमिरे लगानीकर्ता हुन् । शिवनाथ पाण्डे नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् भने उनी पनि सिए हुन् ।
स्टक ब्रोकर दीपेश भट्ट सेयर बजारमा भिजेका व्यक्तिका रुपमा चिनिन्छ । उनी ब्रोकर नम्वर ४० को माध्यमबाट सेयर कारोवार गर्दे आएका छन् । भने नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष प्रकाश लम्साल लामो समय लेखापरिक्षण पेशामा आवद्ध छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्