
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेको महाप्रबन्धक पदमा सीताराम थपलिया नदोहोरिने निश्चित भएको छ । नेप्सेको महाप्रबन्धक हुने खेलमा मोटो रकमको चलखेल भइरहेको चर्चा चलीरहेका बेला थपलिया निकट स्रोतलेनै नेप्सेको महाप्रबन्धक पदमा सीताराम थपलियाले दावी नगर्ने तर उनी निकट अर्का एक व्यक्तिका पक्षमा लविङ गर्ने काम सुरु भएको जानकारी दिएको छ ।
‘बजारमा अत्याधिक विरोध भएपछि सीताराम थपलिया नै नेप्सेमा दोहोरीए केहि समयमा नेप्सेमा आन्दोलन गर्ने एक समुहको तयारी भएको थाहा पाएपछी सीताराम थपलिया नेप्सेमा नदोहोरिने भएका छन् । तर उनले आफ्नो मान्छेलाई महाप्रबन्धक बनाउन लागि परेका छन् । जसमा केहि ब्रोकरहरुलेपनि सहमति जनाएका छन् ।’ स्रोतले भन्यो ।
‘बजारमा सीताराम थपलिया र मनोज ज्ञवालीकोमात्र नाम चर्चामा आयो । जसकारण सीताराम थपलिया कमजोर बने । आफु र आफ्नो गुट कमजोर हुँदा मनोज ज्ञवालीनै नेप्सेको महाप्रबन्धक हुने भएपछि सीताराम थपलियाले थप ३ जनाका नाममा लविङ गर्ने, को कोहि भएपनि सीतारामले भने अनुसारनै नेप्सेमा आउँदो कार्यकालमा काम गर्ने र मनोज ज्ञवालीलाई नेप्सेको महाप्रबन्धक हुन नदिने भन्दै केहि ब्रोकरहरु बीच थापलियाकै नेतृत्वमा सहमति पनि भएको छ ।’ स्रोतले भन्यो ।
सीताराम थपलियाको कार्यकाल सकिएपछि अहिले नेप्सेको महाप्रबन्धक को हुने भन्ने विषयले बजार तताएको छ । सीताराम्त थपलिया नदोहोरिने भएपछि बजारमा उनी निकट केहिले ठुलै खेल खेलीरहेको सरोकारवालाहरुको भनाइ छ । यता ज्ञवाली आफु नेप्सेको महाप्रबन्धक भए काम गरेर देखाउने दावी गरिरहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्