×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्रीमान्–श्रीमती नै वेश्यावृत्तिमा, यसरी भयो धन्दाको पर्दाफास… !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

श्रीमान्–श्रीमती नै वेश्यावृत्तिमा, यसरी भयो धन्दाको पर्दाफास… !

१ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वेश्यावृत्ति गराएको आरोपमा एक जोडीसहित चारजना पक्राउ परेका छन् । गेस्ट हाउसमा कोठा भाडामा लिएर वेश्यावृत्तिको धन्दा चलाएको आरोपमा सपना विक र उनका श्रीमान् विवेक केसीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले गोंगबुको शुभलक्ष्मी गेस्ट हाउसका कोठा भाडामा लिएर युवतीहरूलाई राखी वेश्यावृत्ति गराउँदै आएको प्रहरीले जनाएको छ । गेस्ट हाउसका सञ्चालक प्रमोद पाण्डेलाई पनि प्रहरीले पक्राउ गरेको छ । साथै उक्त अखडामा जाने ग्राहक झापाका मोदबहादुर कार्कीलाई पनि महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी कारबाही अघि बढाएको छ ।
दुई साताअघि पक्राउ गरी उनीहरूविरुद्ध मानव वेचविखन मुद्दामा कारबाही अघि बढाइएको महाराजगन्ज वृत्तका डिएसपी गोबिन्द पुरीले बताए । उनीहरूले गोरखाका तीन किशोरीलाई जागिर लगाइदिने भन्दै उक्त गेस्ट हाउसमा राखेर जबर्जस्ती वेश्यावृत्तिमा लगाएका थिए । २० वैशाखदेखि २ जेठसम्म आफूहरूलाई वेश्यावृत्तिमा लगाइएको उनीहरूले बताएक छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: