Skip to content
LAXMI SUNRISE BANK

केपी ओलीलाई देख्नासाथ मञ्चमै गएर झ्याप ‘किस’ गर्ने महिलाबारे खुल्यो यस्तो रहस्य…

अर्थ सरोकार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा सार्वजनिक समारोहमै ‘किस’ गर्ने एक महिलाको बारेमा थप खुलासा भएको छ । ओलीलाई त्यति स्नेह देखाउने ती महिला उनकी आफ्नै सानीमा भएको खुलासा भएको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई किस गर्ने महिलाका बारेमा खुबै चर्चा भएपछि उनको बारेमा थप खोजीको विषय बनेको थियो । 
झापा बिर्तामोड वडा नम्बर ९, गरामनी निवासी सावित्रा थपलियाले आफु ओलीकी बाल्यकालकी साथी समेत रहेको भन्दै बर्षौपछि भेटेको खुसीमा ओलीलाई चुम्बन गरेको बताइन् । बुढामावलीमा हुर्किएका ओलीसँग उनको २५ बर्षपछि भेट भएको खुलासा समेत भएको छ । ७० वर्षकी थपलिया ओली आउने थाहा पाएर नै गत बुधबार बिर्तामोडको एमालेको चुनावी सभामा गएकी थिइन् ।
ओलीलाई देख्नासाथ एकाएक स्टेजमा पुगेकी उनले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न सोधेकी थिइन् । जबाफमा ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भनेका थिए । त्यसपछि उनले एकाएक ओलीलाई पहिले बाँया, अनि त्यसपछि दायाँ गालामा किस गरेकी थिइन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK