
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृहजिल्ला झापामा सार्वजनिक समारोहमै ‘किस’ गर्ने एक महिलाको बारेमा थप खुलासा भएको छ । ओलीलाई त्यति स्नेह देखाउने ती महिला उनकी आफ्नै सानीमा भएको खुलासा भएको छ ।
पूर्वप्रधानमन्त्री ओलीलाई किस गर्ने महिलाका बारेमा खुबै चर्चा भएपछि उनको बारेमा थप खोजीको विषय बनेको थियो ।
झापा बिर्तामोड वडा नम्बर ९, गरामनी निवासी सावित्रा थपलियाले आफु ओलीकी बाल्यकालकी साथी समेत रहेको भन्दै बर्षौपछि भेटेको खुसीमा ओलीलाई चुम्बन गरेको बताइन् । बुढामावलीमा हुर्किएका ओलीसँग उनको २५ बर्षपछि भेट भएको खुलासा समेत भएको छ । ७० वर्षकी थपलिया ओली आउने थाहा पाएर नै गत बुधबार बिर्तामोडको एमालेको चुनावी सभामा गएकी थिइन् ।
ओलीलाई देख्नासाथ एकाएक स्टेजमा पुगेकी उनले ‘मलाई चिन्नु भो’ भनेर प्रश्न सोधेकी थिइन् । जबाफमा ओलीले ‘नमस्कार गर्दै सानिमालाई चिन्दिनँ के त’ भनेका थिए । त्यसपछि उनले एकाएक ओलीलाई पहिले बाँया, अनि त्यसपछि दायाँ गालामा किस गरेकी थिइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्