
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा मतगणना नभएसम्म संसद् चल्न नदिने जिकिर गर्नुभएको छ ।शनिबार साँझ कांग्रेस सभापति देउवा ओलीनिवास बालकोट गएर संसद् अवरोध हटाउने विषयमा छलफल गर्नुभएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
तर, ओलीले तत्काल आफूहरू संसद् अवरोध हटाउन नसक्ने भन्दै आइतबार पार्टीको बैठकपछि थप छलफल गर्न सकिने आश्वासन देउवालाई दिनुभएको छ । ‘ओलीको पुरानै हठ छ’, देउवा निकट स्रोतले भन्यो, ‘आइतबार पार्टीको बैठकपछि पुन:छलफल गर्ने भन्नुभएको छ ।’
देउवाले भने मतगणना जारी राख्ने कि मतदान गर्ने भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगको भएको भन्दै संसद् र सरकारको कुनै भूमिका नहुने भन्दै संसद् अवरोध हटाएर अन्य विकल्पमा अघि बढ्न आग्रह गर्नुभएको थियो । देउवाले निर्वाचन आयोग स्वतन्त्र निकाय भएकाले पनि त्यसलाई संसद्ले निर्देशनसमेत दिन नमिल्ने भएकाले संसद् अवरोध हटाउन देउवाले ओलीसमक्ष आग्रह गर्नुभएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्