
ओखलढुंगा – भोट किन्ने समय मानिँदै अाएको मौन अवधिमा एमाले सांसदले नै मतदातालाई पैसा बाडिरहेको अवस्थामा पक्राउ परेका छन् ।ओखलढुंगामा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित सांसद् यज्ञराज सुनुवार मतदातालाई पैसा बाँड्दाबाँड्दै स्थानियले रंगेहात नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । स्थानीयका अनुसार जिल्लाको मोलुङ गाउँपालिकाको रामपुर भन्ने ठाउँका मतदातालाई पैसा बाँडिरहेको अवस्थामा पक्राउ गरी सांसद सुनुवारलाई इलाका प्रहरी कार्यालय रामपुरलाई जिम्मा लगाइएको छ ।
पत्रकार खीला कार्कीका अनुसार सांसद सुनुवारले एमाले उम्मेदवार मणिराज राईको जिताउन भन्दै पैसा बाँडिरहेका थिए । उनले मतदाताको अवस्था हेरेर २ हजारदेखि २० हजारसम्म बाँडेका थिए । त्यस्तै,पाल्पाको रिप्तीकोट गाउँपालिका वडा नं ३ का वडाध्यक्षको उम्मेदवार विष्णुप्रसाद खनालले मतदातालाई पैसा बाँडिरहेको बेलामा स्थानीयले नियन्त्रणमा लिएका हुन्। त्यहाँ पनि अहिले प्रहरी आईसकेको छ र स्थानीयले वडाध्यक्ष खनाललाई प्रहरीको जिम्मा लगाईसकेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्