
एक बाबुले भने छोरीलाई चिसोबाट जोगाउन २० करोड रुपैंया बराबरको रकममा आगो लगाएको खबर एजेन्सीहरुले छापेका छन् । कोलम्बियाका पोबलो एस्कोबारले छोरीलाई चिसोबाट जोगाउन २० करोडमा आगो लगाएका हुन् । कुनै जमानामा हरेक हप्ता ४२ करोड डलर ९करिब बयालीस अरब रुपैयाँ कमाइ गर्ने कोलम्बियाका कोकिन किङ्ग पोबलोले आफ्नो परिवारलाई जाडोबाट बचाउनको लागि २० करोड रुपैयाँ बराबरको रकममा आगो लगाएका थिए ।
उनकी छोरीका अनुसार परिवार पहाडी इलाकामा लामो समयसम्म लुकेर बसेको थियो । त्यही क्रममा एक रता छोरिको शरीरको तापक्रम जाडोका कारण ह्वात्तै घट्यो । त्यही समयमा उनले छोरीलाई बचाउन २० लाख डलरमा आगो लगाएका थिए । जसका कारण छोरीको अवस्था सामान्य होस् ।
पोबलो लागुऔषध कोकीनकको दुनियाँका अहिलेसम्मै सबैभन्दा ठूला बादशाह हुन् । आफ्नो जमनामा उनले संसारमा ८० प्रतिशत कोकीन एक्लै सप्लाई गर्थे । डिसेम्बर १९९३ मा पोबलोको गोली हानी हत्या भएको थियो । उनको हत्या कसले गर्यो भन्ने चाहिँ अहिलेसम्म खुल्न नसकेको बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्