
काठमाडौं – यातायात व्यवस्था कार्यालयमा दलाली गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ । सेवाग्राहीलाई काम छिटो गराइदिने बहानामा अवैध रूपमा रकम असुल्ने उनीहरूलाई यातायात व्यवस्था कार्यालय गुर्जुधारा शाखाबाट पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । आजको नयाँ पत्रिकामा छ । राजस्वभन्दा बढी अनधिकृत रूपमा पाँच सयदेखि १५ सयसम्म थप रकमसमेत लिने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग बलम्बुको संयुक्त प्रहरी टोलीले रकम मोलमोलाइ गर्दै गरेको अवस्थामा पक्राउ गरिएको थानकोट प्रहरी वृत्तका डिएसपी कृष्ण पंगेनीले बताए ।
पक्राउ पर्नेमा चोभारनिवासी सुजन महर्जन, काभ्रेका अकरम तामाङ, नागार्जुनका रविन तामाङ, ललितपुरका विशाल तामाङ, सरोज तमाङ, गुर्जुधाराका बलबहादुर गुरुङ, निजगढका विकास आलेमगर, ठाडा मगर, कैलालीका दीपक कार्की र तिलगंगाका विकेश देउला छन् । पक्राउ परेका सबैलाई सार्वजनिक मुद्दाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको डिएसपी पंगेनीले बताए । प्रहरीका अनुसार दलालहरूले सवारीसाधन नामसारी गरिदिने तथा पास छिटो गरिदिने र त्यसका लागि थप रकमसमेत चाहिने भनी मोलमोलाइ गर्दै आएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्