कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ। मानसखण्ड दैनिकका सम्पादक रहेका भण्डारीलाई सार्वजनिक अपराध अनुसन्धानको शिलशिलामा भन्दै प्रहरीले शनिबार दिउँसो १२ बजेतिर कार्यालयबाटै पक्राउ गरेको बताइएको छ ।
मानसखण्डले केही दिन पहिले ‘कञ्चनपुरका एसपीमाथि २ युवती अपहरणको आरोप’ शीर्षकमा एसपी प्रकाश बहादुर चन्दसँग सम्वन्धित समाचार सम्प्रेषण गरेको थियो । मानसखण्डको समाचारले महिलाको चरित्रहत्या गरेको भन्दै आफन्तले उजुरी दिएपछि भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
‘मिडिया समाचार बनाएर सार्वजनिक रुपमा आफ्नी छोरीको नाम उल्लेख गरी चरित्र हत्या गरेको भन्दै अभिभावकले सार्वजनिक अपराध अन्तर्गत उजुरी दिएका कारण भण्डारीलाई पक्राउ गरिएको हो ।’ जिप्रका कञ्चनपुरका प्रहरी नायव उपरिक्षक भिम प्रसाद दहालले भने ।
कञ्चनपुरमा लामो समयदेखि पत्रकारिता गर्दै आएका भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष समेत हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्