
डडेल्धुरा – प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाबिरुद्ध ग्रिहजिल्लामा नारा चर्किएका छन् । स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा ‘आफूखुसी’ गरेको भन्दै काँग्रेस कार्यकर्ताले गृहजिल्लामै देउवाको विरोध गरेका हुन् ।देउवाले टिकट बाँड्दा आफैंले बनाएको नियम उल्लंघन गरेको र नगर तथा जिल्ला समितिको सिफारिस अटेर गरेको आरोप कार्यकर्ताले लगाएका छन् ।
टिकट वितरणमा अन्याय भएको भन्दै डडेल्धुराका कार्यवाहक सभापति करुणाकर भट्ट, महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट, अमरगढी नगरपालिकाका पूर्वमेयर मोहनराज पाठक, महिला संघ पूर्वजिल्ला सभापति नारुदेवी ओझालगायत नेताको अगुवाइमा सदरमुकाम अमरगढीमा देउवाविरुद्ध कालोपट्टी बाँधेर प्रदर्शन गरिएको हो ।
तीन सयभन्दा धेरै नेता कार्यकतौले बसपार्कबाट ¥याली सुरु गरेर झण्डै एक किलोमिटर टाढा तुफानडाँडास्थित काँग्रेस अमरगढी नगर समितिको कार्यालयमा कोणसभा गरेका थिए । टिकट वितरणमा नियम मिचेकाले टाउकोमा कालोपट्टी बाँधेर देउवविरुद्ध प्रदर्शन गरिएको महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्टले बताए ।
अमरगढीसहित टिकट वितरण भएका स्थानीय तहमा कार्यकर्ताको सल्लाह बमोजिम बागी उम्मेदवार उठाउनेबारे छलफल भइरहेको उनले बताए । जिल्लाको निर्णय पूरै नउल्ट्याउन आग्रह गर्दै सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका डडेल्धुरा सभापति कर्णबहादुर मल्ललाई देउवाले ‘मेरो निर्णय त्यही हो’ भनेर फर्काएपछि प्रदर्शन गरिएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्