×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटको गौरमा राजपासँगको झडपमा परी तीन प्रहरी घाइते, स्थिति तनावग्रस्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रौतहटको गौरमा राजपासँगको झडपमा परी तीन प्रहरी घाइते, स्थिति तनावग्रस्त

Artha Sarokar

३१ जेष्ठ २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । गौरको सिसुवाचोकमा प्रहरी र बन्द गर्दै हिँडेका राजपाका कार्यकर्ताबीच बुधवार झडप भएको हो ।
झडपमा परि तीनजना प्रहरी घाइते भएका भने तीन जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । झडपमा घाइते प्रहरी नाम सार्वजनिक गरेको छैन । पक्राउ पर्नेमा राजपा जिल्ला नेता रामेश्वर यादव, कमलेश सिन्हा र बच्चा यादव रहेका छन् । 
प्रदर्शनकारीले प्रहरी चढेको भ्यानमा तोडफोड गरेका छन । यसअघि राजपाका कार्यकर्ताले बुधबार बिहान गौरमा ना ३ ख ५६२३ नम्बरको खाली बस तोडफोड गरेका छन । स्थिति तनावग्रस्त बनेको छ ।
राजपाका नेता कार्यकर्ता बिहानैदेखि सदरमुकाम गौरस्थित जिल्ला प्रशासन कार्यालय, अदालत, विपी चोक, भन्सार क्षेत्र, बसपार्क क्षेत्रमा टायर बालेर प्रर्दशन गरिरहेका छन् ।
बन्दका कारण गौरबाट सार्वजनिक तथा निजी सवारी साधन चल्न सकेका छैनन । गौर चन्द्रनिगाहपुर सडकखण्डमा सवारी साधन चलेका छैनन । रौतहटको उतरी क्षेत्र चन्द्रपुर नगर क्षेत्रमा र पुर्वपश्चिम राजमार्गमा भने बन्दको प्रभाव देखिएको छैन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी