
काठमाडौं – ओमबिक्रम राणा, हेमबहादुर गुरूङ र रमेश चन्द ठकुरी सर्वोच्च अदालतबाट दुई वर्ष कैद सुनाइएका दोषी हुन् । आजको नागरिकमा खबर छ । वैशाख १७ मा भ्रष्ट प्रमाणित गर्दै अदालतबाट भएको फैसला कार्यान्वयनमा आएको भए उनीहरू एक महिना कैद कटिसक्थ्यो। तर उनीहरू जेलमा होइन, अझै स्वतन्त्र छन्।
सुडानमा शान्ति स्थापनार्थ खटिएका आफ्नो संगठनका सदस्यलाई बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार गरेको प्रमाणित गर्दै सर्वोच्च अदालतले उनीहरूलाई एक महिनजा अगाडि दोषी प्रमाणित गरेको थियो ।
यी फरार हुन् भन्नेबारे प्रहरी निकाय जानकार छ तर पक्राउ गर्न चासो दिएको छैन। यी तीन फरार पक्राउ नपर्नुको कारण हो- उनीहरूको हाइ प्रोफाइल पृष्टभूमी । यी तीनै जना नेपाल प्रहरीका पूर्व महानीरिक्षक हुन् ।
उनीहरूको त्यही पृष्टभूमिकै कारण काठमाडौं उपत्यकाभित्रैको आफ्नै घरमा हुँदासमेत समातिएर जेल पुगेका छैनन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्