×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभाकर गृहमन्त्री बनेकै दिन नारायाणकाजीले मध्यराति लेखे यस्तो तनावग्रस्त स्टाटस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रभाकर गृहमन्त्री बनेकै दिन नारायाणकाजीले मध्यराति लेखे यस्तो तनावग्रस्त स्टाटस

२५ जेष्ठ २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट कृष्णबहादुर महराको नेतृत्व गरेपछि पार्टीका अर्का प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले मध्यराति सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।
उनले पार्टीका तर्फबाट सरकारमा पठाइए मन्त्रीहरुको नाममा घुमाउरो शैलीमा असहमति जनाएका हुन । श्रेष्ठले बुधबार राति १० बजे सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै राजनीतिलाई फोहोरी खेल बनाउन नहुनेमा जोड दिएका छन् । ‘राजनीतिलाई फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिवर्तनको के अर्थ ?’ भनेर उनले प्रश्न गरेका छन् ।
‘राजनीति लाई सत्ताको फोहोरी खेल नै बनाइरहने हो भने यत्रो बलिदान र परिबर्तनको के अर्थ ? अनि हामी राजनीतिमा रहिरहनु को पनि के अर्थ रहन्छ र ? बदलौं’, श्रेष्ठले भनेका छन् । माओवादी केन्द्रको बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हेडक्र्वाटर बैठकले कृष्णबहादुर महराको नेतृत्वमा शेरबहादुर देउवा सरकारमा सहभागी हुने निर्णय गरेको थियो । महरा उपप्रधानसहित परराष्ट्र, जनार्दन शर्मा गहृ र प्रभु साहले बिनाविभागीय मन्त्रीको बुधबारै सपथ लिएका छन् ।
यसअघि उनी केपी ओली नेतृत्वको सरकारमा शिक्षामन्त्री श्रेष्ठ नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा सरकारमा नयाँ टिम पठाउनुपर्ने भन्नेमा थिए । तर, आफ्नो असहमतिबीच निर्णय भएकामा उनको असन्तुष्टि बाहिर आएको श्रोतको भनाई छ। देउवा सरकारमा माओवादी केन्द्रले दशवटा मन्त्रालय पाउने स्रोतले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी