Skip to content
LAXMI SUNRISE BANK

गृहमन्त्री प्रभाकरले रुकुम पुगेर गरे यस्तो घोषणा, म्यादी प्रहरीलाई खुशीको खबर

अर्थ सरोकार

गृहमन्त्री प्रभाकरले चुनावमा म्यादी प्रहरीले खेलेको भूमिकाको प्रसंशा गरेका छन् । उनले निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीले खेलेको भूमिकाको उच्च सम्मान गर्दै सम्मानपत्र दिने घोषणा समेत गरेका छन् ।
अाइतबार अाफ्नो गृहजिल्ला रुकुम पुगेको मन्त्री प्रभाकरले ‘निर्वाचन सम्पन्न गर्न म्यादी प्रहरीले महत्वपूर्ण भूमिका खेलेको छ, सम्मानस्वरुप सरकारको तर्फबाट सम्मान पत्र प्रदान गरिनेछ, जसले गर्दा उनीहरुलाई गौरवको महशुस हुनेछ’ मन्त्री प्रभकारले भने ।
राष्ट्रिय जनता पार्टीकै सहमतिमा प्रदेश नम्बर २ निर्वाचन सारिएको बताउँदै राजपाले आफैले गरेको सहमति विपरित गएको बताए । निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई अाग्रह समेत गृहमन्त्रीले प्रभाकरले गरे । उनले अावश्यक सुरक्षाको व्यवस्था मिलाएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन सबैलाई अाग्रह गरे ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK