
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल प्रहरीका डिआईजी नवराज सिलवालको चाप्लुसी गरेका छन् । उनले सिलवाललाई बालुवाटार बोलाएर किर्ते प्रकरणमा आफुले गिरफ्तारको आदेश नदिएको दावी गरे ।प्रधानमन्त्रीले सिलवालमाथि लागेको सरकारी कागजात किर्तेको अभियोग गलत रहेको समेत बताए ।
आफूले कार्यसम्पादन मूल्यांकन प्रतिवेदन प्रहरी मुख्यालयबाट बाहिरिएर कसरी अनाधिकृत व्यक्तिको हातमा पुग्यो भन्नेबारे छानबिन गर्न गृहमन्त्री र प्रहरी नेतृत्वलाई निर्देशन दिएको भए पनि सिलवाललाई पक्राउ गरेर बयान लिन निर्देशन नदिएको जिकिर उनले गरे ।
शिलबन्दी गरिएको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सिलवालले अदालतमा आफू पहिलो वरियतामा रहेको दाबी प्रमाणित गर्न पेस गरेको भन्दै प्रकाश अर्याल प्रहरी महानिरीक्षक नियुत्त भएपछि सिलवाललाई पक्राउ गरेपनि अदालतको बन्दी प्रत्यक्षीकरण आदेशमा सोही दिन सिलवाल रिहा भएका थिए ।
प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाको अनावश्यक दबाबमा परेर पहिला जयबहादुर चन्द र पछि प्रकाश अर्याललाई महानिरीक्षक बनाउनु परेको आफा्नो बाध्यता बुझिदिन सिलवालसमक्ष उनको आग्रह थियो । ‘चन्दलाई महानिरीक्षक नबनाउन अडान लिँदा देउवाले सरकार ढाल्ने चेतावनी दिएपछि आफू पछि हट्न बाध्य भए ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
‘प्रहरी महानिरीक्षकका चार दाबेदारमध्ये सबैभन्दा योग्य र क्षमतावान तपाईं नै हो भन्नेमा म अहिले पनि भ्रममा छैन’, , ‘तर शेरबहादुर देउवाजीले तपाईंको नामै सुन्न चाहनुभएन । म देउवाजीको दबाबमा परेर निर्णय लिन बाध्य भएँ ।’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।
प्रधानमन्त्री पदबाट राजनीनामा दिएपछि प्रचण्डले गत साता सिलवाललाई बोलाएर भेटेका हुन् । प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार प्रचण्ड प्रहरी महानिरीक्षकका लागि योग्य र क्षमतावान भए पनि आफूले जिम्मेवारी दिन नसकेको भन्दै सिलवालसँग माफी मागेको शैलीमा प्रस्तुत भएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्