×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई जटी र झण्डीको श्राप !

PRIME CA
GLOBAL IME BANK

प्रचण्डलाई जटी र झण्डीको श्राप !

६ असार २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईजना धार्मिक व्यक्तित्वले श्राप दिएका छन् । उनीहरूले जनताको रगतमा खेली सत्तामा पुगेका प्रचण्डलाई फलीफाप नहोस् भनी श्राप दिएका हुन् । 
जटी र झण्डी बाबाका नामले चिनिने ति दुई पहिले माओवादी छापामार रहेका थिए । ‘हिमाल’ र ‘पहाड’ उपनामले तत्कालिन आन्दोलनका क्रममा चिनिने गर्दथे । 
प्रचण्डले जनताका सपना सिंहदरबारसँग साटेर चकनाचुर बानाएको उनीहरूले आरोप लगाएका छन् । सिरहा नगरपालिका–१ लक्ष्मीनियाँका रामपरिक्षण साफि ‘पहाड’ र महोतरी बर्दिवास नगरपालिका–१ का ठगेन्द्रबिक्रम थापा ‘हिमाल’ले माओवादी छाडेर अध्यात्मतिर लागेपछि प्रचण्डलाई यस्तो श्राप दिएका हुन् । 
२०५३ सालमा माओवादी सशस्त्र युद्धमा होमिएका रामपरिक्षण २०५५ सालमा जनमिलिसिया हुँदै जनमुक्ति सेनामा प्रेवेश गरेका थिए । त्यस्तै बर्दिवासका ठगेन्द्र बिक्रम थापा ‘हिमाल’ पनि २०६१ सालमा जनमुक्ति सेनामा प्रवेश गरेका थिए । विस्तृत शान्ति सम्झौताअनुसार देशैभरी सात डिभिजन र २१ ब्रिगेडमा जनमुक्ति सेना क्यानटोनमेन्टमा क्याम्पिङ भएपछि दोस्रो डिभिजन अन्तर्गत सिन्धुलीको कोकटीमा रहेका सोलुसल्लेरी स्मृति ब्रिगेडको प्लाटुन कमाण्डर साफि थिए भने महोत्तरीको खैरमारामा रहेका रामवृक्ष समृति ब्रिगेडका टेकनीसियनमा थापा थिए । 
‘प्रचण्डले प्रशिक्षणमा पटक–पटक आफूहरूलाई एउटा सदस्यले हजारौं नेपाली सेनाको कमाण्ड गर्नुपर्ने र हाम्रो मूल्य तलबी र व्यवसायिक सेना भन्दा मूल्यवान रहेकाले सबैलाई डिग्रीको सर्टिफिकेट दिने आदि थुप्रै झूठा आश्वासनमा सारा जीवनका बसन्त लुटेकाले आज सडकमा पुग्नुपरेको छ ।’, उनीहरू भन्छन्,‘इतिहास यस्तै हो । केहि गर्नेहरूको भन्दा नगर्नेहरूले इतिहासको जस लिंदै आएका छन् । हामी पनि त्यस मध्यमा परेका छौं ।’
प्रचण्डले शहीद, बन्दि, बेपत्ता र जनमुक्ति सेनाको रगत पसिनासँग सिंहदरबार साटेपछि शहीदपरिवारको विचल्ली, घाईते अपांगको वेहाल र जनमुक्ति सेनाको हरि विजोग भएको छ । कोइराला खानदान जस्तै एकलौटी पार्टीको नेतृत्वमा बसिरहनु पर्ने रोग प्रचण्डमा छ । तर, जस सबै प्रचण्डले नै लिनु पर्ने र अपजस जति सबै फुटेर जाने नेताहरूको टाउँकोमा थुपार्ने प्रवृतिले प्रचण्डका दिनगन्ती सुरू भइसकेको उनीहरू बताउँछन् ।
सयौंका संख्यामा जिउँदों शहीदहरू समाजमा छन् । हजारौं नेताकार्यकर्ताको समुचित व्यवस्थापन नहुँदा स्वदेश तथा विदेशमा विचलित जीवन विताउन विवश छन्, माओवादी लडाकु । नेताहरू टुटफुट र विभाजनमा विभक्त छन् । 
तत्कालिन नेकपा माओवादी पुरानै वर्गमा फेरिएको उनीहरूलाई लाग्छ । ‘कम्यूनिष्टमाथि लाग्दै आएको जड र संकिर्णताको आरोपको शिकारलाई जवसम्म माओवादीहरूले तोडेर एक ठाउँमा उभिदैन् र विकेन्द्रित माओवादी विचारहरू केन्द्रिकृत हुँदैन् तवसम्म माओवादीले हार व्यहोरीरहनु पर्छ ।’, उनीहरूको विश्लेषण छ,‘माओवादी कमजोरीको जगमा विजातिय राजनीतिक दल र वर्ग विजयोत्सव मनाई रहने छन् । हामी जुन अवस्थामा छौं त्यो अवस्थामा पुगेका धेरैको श्रापको भारी प्रचण्डले बोक्नुपर्छ ।’ प्रचण्डले सहिद र वेपत्ताको रगमा आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाउँदै उठ्नै नसक्नेगरी थेचारिन उनीहरूले श्राप दिएका छन् । जनप्रहार साप्ताहिकमा खबर छ। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: