
गत कात्तिक देखि लोडसेडिङ मुक्त छ काठमाडौंमा बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा एकाएक बत्ति गयो । एक पटक पनि हैन पटकपटक बत्ती गयो । राति एक घण्टाकै बीचमा तनिपटक बत्ती गएपछि प्रधानमन्त्री निवासमा एउटा रमाइलो चर्चा सुरु भयो ।
अब काठमाडौं उपत्यकाको बिजलुी व्यवस्थापन पनि महानगरकै जिम्मामा छ । प्रधानमन्त्रीका केही सहयोगीले विद्यासुन्दर आउने बित्तिकै काठमाडौंमा लोडसेडिङ हुने अड्कलबाजी गरे । किनभने बुधबार नै हो एमालेबबाट निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सपथ लिएका थिए र बालुवाटारको बत्ति पनि बुधबार नै गयो । यो संयोग मात्र हो योजनाबद्ध तरिकाले गरिएको सड्यन्त्र ?
‘विद्यासुन्दरले सपथ लिनु र बालुवाटारमा अहिलेसम्म नगएको बत्ती जानु संगोग मात्रै हो कि यसमा केही कारण छ भनेर अनौपचारिक कुरा भयो’, प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।
त्यति मात्र होइन प्रचण्ड पुत्रले सामाजिक संजाल फेसबुकमा स्टाटससम्म लेख्न भ्याएछन । बालुवाटारमा बुधबार राति लोडसेडिङ भएको प्रधानमन्त्री पुत्र दाहालले फेसबुक स्टाटसबाट पनि प्रष्ट पारेका छन् । ‘उफ बालुवाटारभित्रै बत्ती जान थाल्यो १ घण्टामा ३ चोटी । काठमण्डुमा खै कुन्नी मेयरले सपथ खाएकै दिन के भएको हो’, प्रकाशले लेखेका छन् ।
माओवादीले जनार्दन शर्मा र कुलमान घिसिङ मिलेर लोडसेडिङ अन्त्य गरेपछि औडाहा भएर एमालेले कहिले कुलमानविरुद्ध प्राधिकरणका आफ्ना कर्मचारी उचालेर आन्दोलन गर्न लगाउने त कहिले मिटर बक्स बिगार्ने र पोल ढाल्ने काम गरेको आरोप लगाउँदै आएको छ । प्रचण्ड सरकारले राजधानीलाई लोडसेडिङमुक्त बनाए पनि राजधानीबासीले स्थानीय तहको निर्वाचनमा भोट नदिएपछि माओवादीमा उपत्यका बासीको ‘अवसरवादी चरित्र’ बारे बहस जारी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्