नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्डले आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै प्रधानमन्त्री देउवाको विरोध गरेका छन् । प्रवक्ता प्रकाण्डले विहीबार एक विज्ञप्ति जारी गरेर पार्टीका कार्यक्रमबाट प्युठान जिल्लाबाट आफ्ना पार्टीका नेता–कार्यकर्तालाई निरंकुश शैलीमा गिरफ्तार गरेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ खाएकै दिनमा गैर कानूनी गरेको घटनाले आफ्नो पार्टीलाई आक्रोसित बनाएको बताएका छन् ।“जेठ २४ गते बुलेकी प्यूठान जिल्लामा पार्टी कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज क.सुवास, केन्द्रीय सदस्य क.असल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष वन्दु चन्द र जिल्ला सेक्रेटरी दधिराम सुवेदी लगायतका कमरेडहरुलाई देउवा सरकारको गृह प्रशासनले शपथ खाएकै दिनमा गैरकानुनी गिरप्तार गरी सदरमुकाम खलंगा प्रहरी हिरासतमा राखेको घटनाले हाम्रो पार्टी आक्रोशित भएको छ” प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
देउवा सरकारलाई पूरा जन्म लिइनसकेको भन्दै राजनैतिक स्वातन्त्रताविरुद्ध गरिएको गिरफ्तारीको प्रकाण्डले निन्दा गरेका छन् । विज्ञप्तिमा प्रकाण्डले भनेका छन्, “पूरा जन्म लिई नसकेको देउवा सरकारको गृह प्रशासनको निरंकुश र राजनैतिक स्वतन्त्रताविरुद्ध यो गिरप्तारीको पार्टी घोर निन्दा र भ्रत्र्सना गर्दछ ।”प्रवक्ता प्रकाण्डले गरिफ्तार नेता-कार्यकर्ताको रिहाई नगरे संघर्षको मोर्चाबाट प्रतिवाद गर्ने र त्यसबाट निस्कने गम्भीर परिणामको जिम्मेवार देउवा सरकारले लिनु पर्ने चेतावनी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्