
काठमाडौं । राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवासँगको वार्ताका क्रममा सीधासाधा प्रश्न गरेका छन् । राजपा नेताहरुले मुलुकका विभिन्न स्थानमा आफ्ना नेता तथा कार्यकर्तामाथि आक्रमण तथा धरपकड भइरहेको भन्दै त्यसलाई तत्काल रोक्ने कि नरोक्ने ? भन्दै कडा रुपमा प्रस्तुत भए।
राजपाका अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाले सिंहदरबारस्थित मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीसँग भेटी नवलपरासी, सुनसरी र कपिलवस्तुलगायत जिल्लामा आफ्ना नेता तथा कार्यक्रर्तामाथि आक्रमण भएकामा आपत्तिसमेत व्यक्त गरेका छन् ।
‘दोस्रो चरणको मनोनयन दर्तासँगै केही जिल्लामा हाम्रा नेता तथा कार्यकर्तामाथि आक्रमण भएको छ, सुरक्षा व्यवस्था कडा बनाउने नाममा तराईका जिल्लामा मान्छे घर बाहिर निस्कन नसक्ने गरी त्रसित बनाइएको छ, हामीले त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छौँ’, नेता झाले भने ।
उनले आफ्ना कार्यकर्तामाथि झुटा मुद्दा लगाएको भन्दै तत्काल फिर्ता लिन पनि आग्रह गरेका छन् ।
‘ सेना परिचालन गरेर राज्य आतंक मच्चाइएको छ । घरमा सुतेको मान्छेलाई पक्रेर मुद्दा लगाउने गरिएको छ ।नवलपरासीमा हाम्रो सभा भइरहेका वेला गोली चलाइयो,किन यस्तो गर्दै हुनुहुन्छ भनेर हामीले प्रधानमन्त्रीलाई सोध्यौ’ नेता झाले भने, ‘प्रधानमन्त्रीजीले कसरी भएछ बुझ्छु भन्नुभयो । संम्वेदनशिल छु पनि भन्नुभयो ।’
प्रधानमन्त्री देउवाले बार्ता र छलफलबाट समस्या सुल्झाउन पर्ने धारणा राखेको स्रोतले बतायो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्