
काठमाडौ । सरकारको महत्वपूर्ण परियोजना काठमाडौ तराई दु्रत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित भएको छ । मन्त्रिपरिषद्को आजको बैठकले काठमाडौँ–तराई–मधेस जोड्ने दूत मार्ग छिटो बनाउने सम्बन्धी कार्यविधि पारित गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो कार्यविधि पारित गरेको अर्थमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सो मार्ग सरकार आफैले बनाउने अघिल्लो सरकारको निर्णय अनुसार नेपाली सेनालाई जिम्मा दिइएको थियो । बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा समेत गरेको छ ।
यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्