×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको ६ करोड २५ लाख ऋण खाएर दुगड फरार, १० करोड हिनामिनासमेत गरेको आशंका !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

राष्ट्रिय वाणिज्य बैंकको ६ करोड २५ लाख ऋण खाएर दुगड फरार, १० करोड हिनामिनासमेत गरेको आशंका !

Artha Sarokar

८ असार २०७४, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

गत आइतबारदेखि विराटनगरका एक व्यवसायीले करिब दश करोडबराबरको ऋण खाएर फरार भएका छन् ।
विराटनगरमा कृष्णा स्टोर्स् सञ्चालन गर्दै आएका व्यवसायी विनोद दुगड राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाबाट करिब छ करोड २५ लाखबराबरको रकम लिएर गत आइतबारदेखि बेपत्ता भएपछि उनी फरार भएको व्यवसायीहरुले बताएका छन् । विराटनगरमा बैंकबाट ऋण लिएर नतिरी फरार हुने व्यवसायीहरुको संख्यामा वृद्धि भएको हो । केही समयअघि विराटनगरको मंगतुराम समूहका सुवोधकुमार अग्रवालले राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको करिब ४० करोडबराबरको रकम खाएर अन्नपूर्ण सप नै बन्द गरी रातारात फरार भएका थिए । राष्ट्रिय वाणिज्य बैंकका तात्कालीन प्रबन्धकको मिलेमतोमा उक्त रकम हिनामिना भएको थियो ।
विराटनगर महानगरपालिकाका भीआइपी रोडमा बस्दै आएका दुगड  आफ्नो निजी घरमा ताला लगाएर काम गन कर्मचारीलाई समेत  थाहा नदिर्र्इ फरार भएका स्थानीय व्यवसायीले नकारी दिएका छन् । दुगडले वाणिज्य बैंक विराटनगर शाखाबाट चार करोड ५० लाखको ऋण घर घडेरी र कृष्णा स्टोर्स्मा भएको स्टोक सामान देखाएर लिएको रहस्य खुलेको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरमा मासिक एक करोडबराबरको नक्कली कारोबार गरेको लेखा परीक्षण गराएर राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाबाट ऋण उठाएको उच्च स्रोतले बताएको छ । उनको नाममा भएको घरसँगैको घडेरी पनि आफू भाग्नुभन्दा एक दिनअगाडि श्रीराम टोवाको बुटवलका सञ्चालक कमल मालपानीले विराटनगरमा भएका आफ्ना सहोदर दाजु विजय मालपानीको नाममा दुगडबाट खरिद गरेको दाबी पनि समाचार स्रोतले गरेका छन् । दुगडको नाममा
रहेको घर जग्गा र पसलमा भएको सामानबाट बैंकले दुई करोड पनि असुल्न समस्या हुने व्यवसायीहरु बताउँछन् । दुगडले बंैकको सावाँ र ब्याज गरी करिब छ करोड २५ लाखजति रकम बुझाउनुपर्ने अवस्था रहेको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु नै बताउन थालेका छन् । बैंकबाहेक स्थानीयस्तरमा सञ्चालित सहकारीदेखि व्यक्तिगत सम्पर्कमा रहेका विभिन्न व्यक्तिहरुबाट एक लाखदेखि दश लाखसम्म ऋण भन्दै खाएको हिसाबले बजारमा दश करोडभन्दा माथिको रकम लिएर दुगड फरार भएको जानकारहरुले बताएका छन् । स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखामा करिब चार वर्षदेखि ऋण अधिकृतका रुपमा कार्यरत राजाराम श्रेष्ठ र कृष्णाका सञ्चालक विनोद दुगडका बीचमा राम्रो सम्बन्ध रहेका कारण नै बैंकले यत्रो रकम डुबाउनुपरेको दाबी स्रोतले गरेको छ ।
उक्त बैंकका म्यानेजर युवराज खतिवडा केही महिनापहिले मात्र सरुवा भई आएको हुँदा उक्त लगानीको विषयमा बैंक म्यानेजरलाई दुगड फरार भएपछि मात्र जानकारी भएको बताइन्छ । दुगड फरार भएपछि राष्ट्रिय वाणिज्य बैंकले उनले व्यापार गर्दै आएको कृष्णा स्टोर्स सिलबन्दी गरी आवश्यक कारबाही अघि बढाएको छ । तर व्यापार गर्दै आएको घर भाडामा भएको हुँदा असार २५ गतेभित्रमा घर खाली गरिदिने सर्तमा बैंकलाई सिलबन्दी गर्न दिएको घरधनी महेश सोनीले बताए । उक्त कृष्णा स्टोरले बुझाउनुपर्ने आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ को जेठ महिनासम्मको राजस्ववापत लाखौं रुपैयाँसमेत डुब्ने निश्चित बनेको छ । – आर्थिक दैनिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी