×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुरमा एमालेका देवी ज्ञवालीले माओवादीकी रेणु दाहाललाई ‘बच्चा’ भनेपछि..

PRIME CA

भरतपुरमा एमालेका देवी ज्ञवालीले माओवादीकी रेणु दाहाललाई ‘बच्चा’ भनेपछि..

अर्थ सरोकार

२२ जेष्ठ २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – एमालेबाट भरतपुर महानगरपालिका मेयरका उम्मेदवार देवी ज्ञवाली आफूले जितेसकेपछि प्रत्यासी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले आफ्ना एजेण्ट प्रयोग गरेर मतपत्र त्यातेको आरोप लगाएका छन् ।अदालतले आयोगको निर्णय बदर गर्ने र आफू विजयी हुने दावी गर्दै ज्ञवालीले कथंकदाचित अदालतले आयोगकै निर्णय सदर गरेमा पनि पुनः मतदानमा भाग लिने र आफू जित्ने दाबी गरे ।
एक अनलाईन पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा ज्ञवालीले निर्वाचन आयोगले गरेको असंवैधानिक कामको विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको भन्दै अदालतबाट आएको फैसलालाई मानेर आफु अगाडि बढ्ने बताए । यद्धपी उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले भरतपुर वडा नं. १९ मा पुनः मतदान गर्ने निर्णय तीन दिनसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको छ ।
सर्वहारा बर्गको मुक्तिका लागि १० बर्षे जनयुद्धमा योगदान पुर्याएकी दाहाललाई ज्ञवालीले सानो बच्चाको संज्ञा दिएका छन् । ‘बाबु ठूलो नेता भएकाले छोरीलाई पनि नेता हुन मन लागेर चुनाव लड्न आउनुभएको हो उहाँ । बाबु नेता हुँदैमा छोराछोरीले नेता हुन रहर गरेर हुने होइन । त्यसका लागि नेतृत्व क्षमता चाहिन्छ, बुद्धि चाहिन्छ । जनताको मन जित्नुपर्छ । मेरो त बुबा नेता हुनुहुन्न । आफ्नै बलबुतामा जनताको साथ पाएर राजनीति गरेको मान्छे हो म ।’ दम्भका साथ् ज्ञवालीले भने ।उनले ४० वर्षदेखि जनताका हरेक सुख दुःखमा साथ दिएर अनवरत रुपमा राजनीतिमा सक्रिय रहेको मानिससँग कुनै योग्यता नभएको र खाली नेताको छोरी भएकै आधारमा चुनाव उठ्न आउनु नै रेणुको दुर्भाग्य भएको तर्क गरे । दुई दिन आएर भोट मागेर नाटक गर्नेलाई जनताले विश्वास नगर्ने ज्ञवालीको बुझाइ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: