
पछिल्लो समय सामाजीक सञ्जालमा अनाबश्यक तथा अश्लिल आरोप लगाइएको भन्दै भरतपुरका मेयर उम्मेदवार देवी ज्ञावालीका छोरा सहित २ जना बिरुद्ध मुद्दा दायर भएको छ ।
ज्ञावालीका छोराले निरव नाम गरेको फेसबुक मार्फत रेणुलाई अश्लील लेखेको र एस बि बोहोराको नामबाट फेसबुक चलाउने सन्तोष बोहोराले भरतपुर महानगरपालिकाको वडा न. १९ मा घरदैलो कार्यक्रमको नाममा पैसा बाँडेको लेखेक थिए । रेणु दाहालका श्रीमान अनिल कुमार पाठकले बिध्युतिय अपराध अन्तर्गत मुद्धा दायर गरेका हुन्
जिल्ला प्रहरी कार्यालय चितवनमा अनिल कुमार पाठकले दायर गरेको मुद्दामा भरतपुरमा माओवादी(कांग्रेसकि संयुक्त रुपमा मेयरकि उम्मेदवार रेणु दाहाललाई अश्लिल आरोप लगाइएको भन्दै कारबाहि माग गरिएको छ ।
पाठकले आफ्नो मुद्धामा लेखेका छन् – ‘सामाजिक संजाल फेसबुक मार्फत सबैले पढ्न बुझ्न जान्न सक्ने गरि सार्वजनिक रुपमा कथित आरोप र अश्लिल शब्द प्रयोग गरी मेरो श्रीमती रेणु दाहाल, हाम्रो परिवार तथा आफन्तजनहरु समेतको इज्जत, मान प्रतिष्ठामा जानीजानी आघात पुर्याएको छ
यस्तो छ साइबर अपराध सम्बन्धि कारबाहीको प्रावधान
संबिधानको दफा ४७: विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने – १) रु. १ लाख सम्म जरिवाना वा ५ बर्ष सम्म कैद वा दुवै सजायँ। २) उपदफा १) बमोजिमको कसुर पटक पटक गरेमा अघिल्लो पटक भएको सजाँयको डेढी सजाँय।
दफा ५०: झुट्टा ईजाजत पत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने – १) रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ। २) उपदफा १) बमोजिमको कार्य गरि नसकेको अवस्थामा रु. १ लाख जरिवाना। ३) जानी जानी कार्य गरेमा रु. १ लाख सम्म जरिवाना वा २ बर्ष सम्म कैद वा दुवै सजायँ।
दफा ५८: अन्य सजायँ: रु. ५० हजार सम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाँय।
दफा ५९: प्रचलित कानुन बमोजिम सजाँय गर्न बाधा नपुग्ने: यस ऐन अन्तर्गत कसूर ठहरिने काम अन्य कुनै प्रचलित कानुन बमोजिम पनि कसुर ठहरिने रहेछ भने त्यस्तो कसुर उपर छुट्टै कारवाही चलाई सजाँय गर्न यस ऐनले बाधा पुर्याएको मानिने छैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्