×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पत्रकार गिरफ्तार गरिएकोप्रति क्रान्तिकारी पत्रकार संगठनको अापत्ति

PRIME CA

पत्रकार गिरफ्तार गरिएकोप्रति क्रान्तिकारी पत्रकार संगठनको अापत्ति

२८ जेष्ठ २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

सल्यान । क्रान्तिकारी पत्रकार संगठनले समाचार लेखेकै कारण सरकारले पत्रकारहरुलाई भकाभक गिरफ्तार गरेको भन्दै अापत्ति जनाएको छ ।
संगठनका राप्ती ब्युरो संयोजक डिल्लीराज रावतले अाइतबार एक विज्ञप्ति जारी गर्दै राप्तीका विभिन्न जिल्लाहरुबाट गिरफ्तार पत्रकारहरुको रिहाईको माग गरेका छन।
रावतले समाचार संकलनको क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग सामान्य भेट-छलफलकै अाधारमा पत्रकार पुष्टमान घर्ती, राजेन्द्र राउत, यांक पुनलाई हिरासतमा राख्नुका साथै सार्वजनिक मुद्दा चलाएको बताएका छन् । राज्यले प्रेस स्वतन्त्रताको गम्भी उलंघन गरेको भन्दै रावतले विज्ञप्तिमा गिरफ्तार पत्रकारलाई तिरुन्त रिहाईको माग गरेका छन् ।
त्यसैगरी पत्रकार हरि भण्डारी र लिलाराम बुढालाई नियन्त्रणमा लिएर केरकार गरिएको घटनालाई पनि अाफूहरुले गम्भीर रुपमा लिएको रावतले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: