×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोल्पा : २० वडाको मतपरिणाम सार्वजनिक, माओवादी १२ स्थानमा विजयी, यस्तो छ नतिजा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

रोल्पा : २० वडाको मतपरिणाम सार्वजनिक, माओवादी १२ स्थानमा विजयी, यस्तो छ नतिजा

Artha Sarokar

१६ असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

राेल्पा । रोल्पामा हालसम्म २० वटा वडाको मतपरिणाम सार्वजनिक गरिएको छ । मतपरिणाम सार्वजनिक गरिएका वडामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ भने नेपाली काँग्रेसले माओवादी केन्द्रलाई पछ्याउँदै गएको छ । यसैगरी नेकपा ९एमाले० तेस्रो स्थानमा देखिएको छ ।
परिणाम घोषित वडामध्ये नेकाले सातवटा वडा र नेकपा माओवादी केन्द्रले १२ वटा वडामा विजयी हासिल गरेको छ । नेकपा एमाले भने अहिलेसम्म एक वडामा मात्र सीमित रहेको छ । जसअनुसार नेकाले सुकीदह गाउँपालिका–१, रुन्टी गढी गाउँपालिका–२, ३ र ४, सुवर्णावती गाउँपालिका–१, लुङ्ग्री गाउँपालिका–१ र रोल्पा नगरपालिका–१० मा विजय हासिल गरेका छ । 
रोल्पा नगरपालिका–१० मा दुई मत हराएको भन्दै नेकपा ९माओवादी केन्द्र०ले पुनः मतदानको माग गरेको कारण परिणाम घोषणा गरिएको छैन । सो वडामा नेकाका उम्मेदवार मानबहादुर खत्रीले ७०८ मत प्राप्त गरेका छन् भने नेकपा ९माओवादी केन्द्र०का मतिलाल डाँगीले ६२२ मत प्राप्त गरेका छन् । 
यसैगरी, नेकपा ९माओवादी केन्द्र० विजयी भएका वडामा थवाङ गाउँपालिका–४ र ५, दुईखोली गाउँपालिका–१ र २, माडी गाउँपालिका–१ र २, रुन्टीगढी गाउँपालिका–१, सुकीदह गाउँपालिका–२, सुनछहरी गाउँपालिका–१, रोल्पा नगरपालिका–१, त्रिवेणी गाउँपालिका–१ र लुङ्ग्री गाउँपालिका–७ रहेका छन् । नेकपा ९एमाले०ले त्रिवेणी गाउँपालिका–२ मा विजय हासिल गरेको छ । परिणाम घोषणा गरिएका सम्पूर्ण वडामा एकल प्यानल विजयी भएको बताइएको छ । 
एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच नै तीव्र प्रतिस्पर्धा रहेको छ । नेकपा ९एमाले० जिल्लामा तेस्रो स्थानमा देखिएको छ । 
हाल सुवर्णावती, रुन्टीगढी र लुङ्ग्री गाउँपालिकामा नेका अगाडि छ भने रोल्पा नगरपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका, दुईखोली गाउँपालिका र माडी गाउँपालिकामा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ । 
नेकपा एमालेले सुकीदह गाउँपालिका र त्रिवेणी गाउँपालिकामा अग्रता लिएको छ । थवाङ गाउँपालिकामा नेका र स्वतन्त्र उम्मेदवारले तालमेल गरेका थिए भने माडी गाउँपालिकामा नेका र नेकपा ९एमाले०ले तालमेल गरेको भएपनि दुवै गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र०ले अग्रता लिएको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी